काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित भारत प्रस्थान गरेका छन्।
तीन दिने भ्रमणका लागि उनी आज भारत प्रस्थान गरेका हुन्। कैलालीको धनगढी बिमानस्थल हुदै कञ्चनपुरको गड्डाचौकीबाट भारतको नैनीतालका लागि हिँडे रास्वपा सभापति रवि लामिछाने, भारतीय प्रहरी गाडीसहित गड्डाचौकीमा लामिछानेको टिमलाई लिन आईपुगेका हुन् ।
भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको लामिछानेको निजी सचिवालयले जनाएको छ।
