काठमाण्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बडादसैँ लगायतका चाडपर्व ऋण लिएर र देखावटी रूपमा नमनाउन आग्रह गरेका छन्।
दसैँ, तिहार र छठको शुभकामना दिँदै उनले यस्तो आग्रह लगरेका हुन्। उनले आफ्नो आर्थिक अवस्थाअनुसार चाडपर्व मनाउन नेपालीहरूलाई सुझाव दिए।
‘ऋण काढेर चाड मनाउनु हुँदैन, साग सिस्नु जे छ त्यही खाएर चाड मनाउनु होला, देखावा गर्नु हुँदैन, ’ साम्पाङले भनेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई दसैँ, तिहार र छठ पर्वको हार्दिक शुभकामना समेत दिएका छन्।
