काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान ९डीडीसी०बाट उत्पादित घ्यू दुबई निर्यात शुरू भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो।bपहिलोपटक शुक्रबार ६०० किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबइमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।
दुबईमा रहेका बिक्रेताले परीक्षणको रुपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गर्ने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए । ‘सुरूमा लगेर त्यहाँ रहेका बिक्रेतालाई एक–एक कार्टुन दिन्छौँ । त्यसपछि अझै राम्रो परिमाणमा माग गर्छौं,’ उनले सुनाए ।
नेपाली उत्पादनको प्रचारका लागि पहिलोपटक जहाजमा पठाइएपनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी छ। दुबईबाहेक मध्यपूर्वका अन्य देशमा पनि डीडीसी घ्यूसहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने उनको भनाइ छ।
