काठमाडौँ । आज २५७० औँ बुद्ध जयन्ती । बुद्ध जन्मस्थल लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ ।
काठमाडौँको स्वयम्भूनाथ स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ ।
बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ । त्यसै गरी लुम्बिनी, रामग्राम तथा बुद्धसँग सम्वन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाले देशभर बुद्ध जयन्ती मनाउँदै छन् ।
