काठमाडौं। सरकारले सिफारिस गरेको अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएर छलफल गर्न लागेका हुन् ।
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश सिफारिस गरेको छ ।
