काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक ( एसएसपी ) हरूलाई नायव महानिरीक्षक ( डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
एक नम्बरमा दिगविजय सुवेदीलाई बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्कीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।
