काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन हुँदै छ। दलको नेता चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले बिहीबार निर्वाचन तालिका हेरफेर गरेको छ। निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ ।
साढे ४ बजे सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ। मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ। प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसलाई दलको नेता टुंगो लगाउन सकस भएको छ।
धेरैले आकांक्षा राखेपछि सर्वसम्मतको प्रयास भइरहेको सांसद बासना थापाले बताइन्। कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा छ।
