काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासनप्रणालीको प्रस्ताव गरेका छन् । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलसमक्ष उनले विभिन्न प्रस्ताव राखेका हुन् ।
उनले निर्वाचित कार्यकारी प्रमुखको पायकका व्यक्तिहरूलाई लिएर मन्त्रिपरिषद् गठनको प्रस्ताव पनि गरेका छन् । मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिंगका आधारमा समावेशी प्रकार र चरित्रको हुनुपर्नेमा उनले जोड दिएका छन् ।
“सबै जातजातिका नागरिकहरूलाई राज्यमा सबै अंगहरूमा सहभागी गराउने,” साम्पाङको प्रस्ताव छ, “राजनीतिक पद तथा सेना, प्रहरीलगायत सबै कर्मचारी संयन्त्र सबैतिर सहभागी गराउने ” । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा उक्त कार्यदल छ ।
