काठमाडौँ । महान्यायाधिवक्ता डा। नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धि योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीनवटा रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर गरिएका थिए।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज महान्यायाधिवक्ता डा, कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा बिहीबार सुनुवाइ हुने जानकारी दिनुभयो । महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ । निरन्तर १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा. कँडेलको सो अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।
