काठमाडौँ। पार्टी स्थापनाको तीन वर्षमै प्रतिनिधि सभामा झन्डै दुईतिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले यही वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय समिति सदस्यसमेतको उपस्थिति रहेको थियो । रास्वपा प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति लामिछानेको निर्देशनमा सबै सदस्यलाई सोमबारको बैठकमा अनिवार्य उपस्थितिको सूचना जारी गरिएको छ । बैठकले पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहोरालाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि यस विभागको प्रमुख रहनुभएका डोलप्रसाद ९डिपी० अर्याल प्रतिनिधि सभाको सभामुख बनेसँगै सांसद बोहोरालाई उक्त जिम्मेवारी दिइएको प्रवक्ता झाले बताउनुभयो ।
आइतबार बसेको सचिवालय बैठकले तय गरेको कार्यसूची अनुसार सोमबार बस्ने केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन कार्यविधि तयार गर्ने, बैङ्क खाता सञ्चालन गर्ने, केन्द्रीय आयोग गठन गर्नेबारे निर्णय गर्ने छ । यसै गरी केन्द्रीय समिति बैठकमा सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मसौदा समिति गठनलगायतका विषयमा छलफल हुने छ ।
