काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ६ महिना पहिलेदेखि नै फाइल ट्रयाटिङ्ग सिस्टम लागू गरिएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले २०८२ असोजपछि फोन, म्यासेज र इमेलमार्फत फाइल ट्रयाकिङ्ग गरिएको बताए ।
फाइल ट्रयाकिङ्ग सिस्टम डेभलप गरेर ३० हजार ६ सय पटक फोन सम्पर्क, १७ सय म्यासेज र १५ सय ५० पटक इमेल गरेर उजुरकर्तासँग सम्पर्क स्थापित गरिएको बताए । उनले भने, ‘पीडितहरूसँग फलोअपका लागी हामीले फोन, म्यसेज र इमेलमार्फत सम्पर्क गरेका छौँ ।’ बैङ्किङ कसुर, बकपत्र, चालचलन, मानिस हराएको निवेदन, शान्ति सुरक्षा र घरेलु हिंसा जस्ता समस्याको जुरीमा फाइल ट्रयाकिङ्ग सिस्टम विकाश गरिएको भट्टराईले बताए ।
त्यस्तै, क्युआर मार्फत गुनासो र सुझाव संकलन गर्न लागिएको उनले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौँमा ६ महिनामा ८३ हजार ५४० जना सेवाग्राहीले सेवा लिएका छन् । सेवाग्राहीका लागी सहजीकरण गर्न नागरिक सहजकर्ता परिचालन गरिएको भट्टराईले बताए । यो एक हजार ९७ जनामा गुण्डागर्दीमा संलग्नदेखि अन्य आपराधिक पृष्ठभूमिका व्यत्तिहरुको पनि समेटिएका छन् ।
विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न धन्दा गरेका, पटक–पटक पक्राउ परेर मुद्दा चलेका र सामाजिक सञ्जालमार्फत आफ्नो समूहको बिस्तार गर्दै प्रचार प्रसार गर्नेहरुसम्मको प्रोफाइल प्रहरीले तयार पारेको छ । यस्ता व्यक्तिको फोटो, नाम, ठेगाना, पेसा, सीआरएस ( क्रिमिनल रेकर्ड सिस्टम ) , उनीहरुको कनेक्शन तथा नेक्सस, पारिवारिक पृष्ठभूमि, ट्राभल हिस्ट्री र अन्य रिलेटेड डकुमेन्टसहितको प्रोफाइल तयार पारिएको प्रहरीले बताएको छ ।
