काठमाण्डौं । उपसभामुख रुविकुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै दहेज मुक्त विवाहु भन्ने स्पष्ट सन्देश समावेश गर्न सबैलाई आग्रह गरेकी छन्। पछिल्लो समय आफूले प्राप्त गरेका धेरै निमन्त्रणापत्रहरूमा दाइजोमुक्त विवाहको उल्लेख नदेखिएको भन्दै उनले समाज अझै दाइजो प्रथाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गरेको बताइन्। हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनै पनि कार्डमा दहेज मुक्त विवाहु भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन। यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ, उनले भनिन्।
उनका अनुसार दाइजो लिनु–दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने उनले उल्लेख गरिन्। उपसभामुखले भनिन्, दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ।
समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको बताउँदै ठाकुरले सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने धारणा राखिन्। उनले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी हुन नसक्ने स्पष्ट पार्दै दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न सबैसँग अपिल गरिन्।
यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ, उनले सामाजिक सञ्जालमा भनिन्, यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं।
साथै, विवाह निमन्त्रणापत्रमा दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो भन्ने सन्देश समावेश गरी पठाउन उनले अनुरोध गरेकी छन्। उनले सबैलाई मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस कदम चाल्न आह्वान समेत गरिन्। अत विवाह निमन्त्रणापत्रमा दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु,ु उनले भनिन्,आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं। धन्यवाद।
