Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले १९औं ‘एटीआर’ जहाज थपेको छ । थपिएको जहाज शुक्रबार काठमाडौं अवतरण गरेको छ । बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ जहाज भित्र्याएको हो । बुद्धसँग अब ७२ सिटे जहाज संख्या ६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ डिसेम्बर अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । बुद्धले दर्ता नम्बर ‘९एन–एओजी’ भएको जहाज फ्रान्सको एटीआर कम्पनी टुलुसबाट ल्याएको हो । बुद्धएयरसँग हाल तीन थान ‘एटीआर४२–३२०’ र १६ थान ‘एटिआर७२–५००’ सिरिजका जहाज छन् । कम्पनीले केही समयअघि मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट बिदाइ गरेको थियो । उक्त जहाजको ‘डिरजिस्ट्रेसन’…
काठमाण्डौं । सर्वाधिक कमाइको रेकर्ड बनाएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन नहुने भएको छ। निर्माता कम्पनी सेभेन सिस सिनेमाले शनिबार एक विज्ञप्ती जारी गर्दै सोमबारदेखि देशैभरिका हलहरूबाट फिल्म उतारिने जानकारी दिएको हो। आफ्नो चलचित्रलाई केही हलले गरेको नजरअन्दाज गरेकाले यस्तो निर्णय लिनुपरेको निर्माताले जनाएका छन्। पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो चलचित्रलाई केही सिनेमा घरहरूबाट गरिँदै आएको व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको छ, विज्ञप्तिमा भनिएको छ। विजय बराल अभिनीत फिल्मले नेपालमा ४७ करोड बढी व्यापार गरिसकेको छ। भारतीय फिल्म पुष्पा २ आएपछी यो फिल्मको शो हवात्तै घटाइएको थियो। अहिले हामी कात्तिक १५,१६ र १७ गते…
काठमाण्डौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ ) का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन ९एफपिओ० प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको आईपिओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपिओका लागि बोर्डको प्रक्रियामा छ । होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले तीन अर्ब ३१ करोड १० लाख बराबरको तीन करोड…
काठमाण्डौं । नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० सम्झौतामा नक्कली नाटक गरेको टिप्पणी गरेका छन् । चाइनिज पिपुल्स इन्टिच्यूसन अफ फरियन अफियर्सको आयोजनामा भएको सम्मेलनमा सहभागी भएर नेपाल फर्किएको नेता खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बीआरआईमा धेरै ड्राफ्टहरु बनाउँदै, फिर्ता गर्दै गरेर अन्तिममा सहमति भएको बताए । उनले नक्कली नाटक गरेर छमेकी देशहरुसँग राम्रो सम्बन्ध नबन्ने बताए । उनले प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगसमेत राम्रो सम्बन्ध बनाउन नसकेको टिप्पणी गर्दै नेता खनालले ओलीले संसारसँग राम्रो सम्बन्ध बनाउनै नसक्ने बताए । ‘बीआरआईको…
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन् । उनले बीआरआई सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरिएको गुनासो गरिन् । ऋण लिने र दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाइन् । नेपालले चीनसँग बीआरआई बाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि उनले स्पष्ट पारिन् ।…
काठमाण्डौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल९एसबान०को अध्यक्षमा सागर ढकाल विजयी भएका छन्। उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन। यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिएपनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचन भएको थियो। सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जित हात पारेका हुन्। उनका प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन्। एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन्। यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
काठमाण्डौं । लगातार तिन खेलमा तिनवटै खेल जितेर सुदुरपश्चिम रोयल्स अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । हुनत जनकपुरले पनि तिनवटै खेल जितेको छ । तर रनरेटका आधारमा सुदुरपश्चिम शिर्ष स्थानमा पुगेको हो । आजको खेलमा इंग्ल्यान्डका २६ वर्षीय सैफ जैबको अलरान्ड प्रदर्शनले सुदूरपश्चिम रोयल्सले एनपिएलमा लगातार तेस्रो जित हात पारेको हो । । सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको छ । उक्त खेलमा सैफले ९० रन बनाउनुको साथै तीन विकेट समेत लिएका थिए । लगातार तेस्रो जितपछि सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बन्यो । लगातार तेस्रो हारपछि लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर…
काठमाडौं । उमेरले ५५ वर्ष टेकिसक्दा पनि कीर्तिपुरकि पार्वती महर्जनको जोश र जाँगरमा कुनै कमी आएको छन । घरदैलो कार्यक्रम गर्दै सुरक्षित मातृत्व, नवजात शिशु सरसफाइ, खोप तथा पोषण कार्यक्रमबारे जनचेतना फैलाउनु उनको मुख्य काम हो । कीर्तिपुर नगरपालिका–५ कि महर्जन विगत ३६ वर्षदेखि स्वास्थ्य सचेतना फैलाउने काममा सक्रिय छिन् । उनी अहिले सर्वसाधारण पनि स्वास्थ्यप्रति चनाखो हुन थालेको बताउँछिन् । तर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अझै पनि धौधौ पर्ने गरेको उनको अनुभव छ । महर्जन सरकारले स्वास्थ्य स्वयंसेविकालाई हेर्ने धारणा परिवर्तन हुनुपर्ने माग गर्छिन् । “अरु जागिर भएको भए अहिलेसम्म त पेन्सन पाकिसक्थ्यो होला । हाम्रो पनि भत्ता बढाइदिएको…
सुर्खेत । लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो । मन्त्री शेरबहादुर बुढा, सचिव तथा अन्य अधिकारीको सहभागितामा निर्माण व्यवसायीलाई संयुक्त रूपमा राखेर समस्य र समाधानका उपायबारे छलफल सुरू गरेको मन्त्रीका सूचना प्राविद्यि सहायक टेकबहादुर शाहीले जानकारी दिए । कर्णालीमा ३३ वटा ठूला आयोजनाहरू अलपत्र पर्दै आएका छन् । अधिकांश अलपत्र पारिएका ठेक्काको चारपटकसम्म म्याद थप गरिएको पाइएको छ । अति जरूरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी…
जुम्ला । कर्णाली प्रदेशको जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ । जुम्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि काम भइरहेको छ । जिल्लाका धैरै जसो सरकारी कार्यालय र व्यक्तिगत पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख सुवास शाहले जानकारी दिए । चन्दननाथ नगरपालिका भित्र मात्रै एक हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । कार्यालय प्रमुख शाहले भने, ‘जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क