Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ। जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवम् यात्रीलाई अनुरोध गरेको छ। रासस
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल—चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् ।शुक्रवार काठमाडौँमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गरे । उनले यस्ता सम्मेलनले नेपाल र चीनबिचका मात्रै नभई अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुबिचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने बताए । प्रधानमन्त्री ओलीले एसियाका ज्योतिको रूपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको समेत बताए। बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।…
काठमाण्डौं । ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको ५।५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस सेयर वितरण पश्चात कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ। बैंकले आर्थिक वर्ष २०८०र८१ मा १२ अर्ब ४८ करोड रूपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रूपैयाँ करपछिको…
काठमाण्डौं । विभिन्न सहकारीको बचत रकम अपचलन गरी फरार रहेका जिबी राईको पासपोर्ट रोक्का भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का भएको हो। जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले राईको पासपोर्ट केही समयअघि नै रोक्का भएको बताइन् । राईको बैंक खाता, मालपोत लगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिसकेको उनले बताइन् । यसअघि गत वैशाख ३० गते पनि उनको पासपोर्ट रोक्का वा रद्द गर्न भनेर कास्की प्रहरीले राहदानी विभागमा पत्राचार गरेको थियो। तर त्यतिबेला उनको पासपोर्ट रद्द गर्न नमिल्ने निर्णय गरेको थियो। राहदानी ऐन, २०७६ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द…
बेइजिङ । चीनका लागि नवनियुक्त नेपाली राजदूत डाक्टर कृष्ण प्रसाद ओलीले राष्ट्रपति सि चिनफिङसँग ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बेइजिङको ग्रेट हल अफ दि पिपलमा आयोजित समारोहमा ओलीले प्रमाणपत्र बुझाएका हुन् । नेपालसहित २९ देशका राजदूतले ओहोदाको प्रमाणपत्र आजै सि लाई बुझाएको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ । समारोहमा सिले सबै राजदूतलाई बधाई दिएर कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छिन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देललाई बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा उक्त दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । नेपाल–भारतबीचको देशबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुव दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा छ । गत ६ मंसिरमा भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आउँदा पनि राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथी प्रदान गरेका थिए । त्यस्तै, प्रधानसेनापति सिग्देलले आजै भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट गरेका थिए ।
काठमाडौं, । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएलगत्तै आज पुनः पक्राउ परेका छन् । साइबर अपराधमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई पक्राउ गरेर प्रहरीले गाडीमा हालेपछि अदालतमा जम्मा भएका समर्थकले विरोधमा नारावाजी गरेका थिए । प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।विवादित मेडिकल…
काठमाडौं । काठमाण्डु गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको प्ले अफमा स्थान सुरक्षित गरेको छ । ६ खेलमध्ये पाँचवटामा जित हासिल गर्दै जनकपुरले प्लेअफमा स्थान बनाएको हो । टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं १०१ रनमै अलआउट भएको थियो । जनकपुरका स्पिनर ललित राजवंशी र शेर मल्लले उत्कृष्ट बलिङ गरे । ललितले ४ ओभरमा केवल ८ रन खर्चेर ३ विकेट लिए भने शेरले पनि ३।३ ओभरमा ११ रन खर्चेर तीन विकेट हात पारे । १०२ रनको सामान्य लक्ष्य जनकपुरले १५।५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । जनकपुरका लागि जेम्स निसमले १७ बलमा सर्वाधिक २७ रन बनाए ।…
काठमाडौँ । देशको राजधानी काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज ९बिहीबार० बिहान यहाँको न्यूनतम तापक्रम ३।९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद्हरूले बताएका छन् । यो क्रम जारी रहने यद्यपि यहाँको मौसम भने सफा रहने छ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु…
काठमाडौं । छिमेकी देश भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले बुधबार भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका छन् । साथै, उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ‘चिफ अफ डिफेन्स स्टाफ अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बुधबार नै प्रधानसेनापति सिग्देलले भारतको नयाँदिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसैगरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क