Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् । विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए । विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति ९निर्वाण० भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेको स्वामी आनन्द अरुण स्मरण गर्छन् । प्रधानमन्त्री भएका बेला काठमाडौँमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गरेका थिए । जीवनकालमा किसुनजी पटकपटक ध्यान गर्न त्यहाँ पुग्थे । उनी किसुनजीलाई आफ्नो अडानमा…
काठमाडौँ । एआईमार्फत फेक भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी दिएकी छन् । आफ्नो चरित्रहत्या गर्नेलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै उनले शनिबार साइबर ब्युरोमा उजुरी दिएकी हुन् । फेसबुक रिलमार्फत एक व्यक्तिले आपत्तिजनक फेक भिडियो सार्वजनिक गरेर चरित्रहत्या गरेकाले कानुन बमोजिम कारबाही माग गर्दै शनिबार ब्युरोमा निवेदन दिएको समीक्षाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । ‘मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, उनले भनिन्, ‘साइबर ब्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी…
काठमाडौं । मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी…
बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा धान एक दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशमा कुल एक लाख पाँच हजार चार सय १५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार तीन सय १६ मेट्रिक टन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए । अघिल्लो आव २०८०–८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकामा चार लाख १३ हजार…
मन्थली । मन्थली र रामेछाप नगरपालिकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनी, वडा नम्बर ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा नम्बर ४ सालु र वडा नम्बर १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न थालिएको हो । गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ । मन्थली र रामेछाप नगरपालिकामा लागू भएको बगैँचाबाट…
काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो । शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको थियो । उपाधि जित्न नसकेपनि समग्र प्रदर्शनको आधारमा दीपेन्द्रले कार पाएका हुन् । यता जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशीले बाइक पाएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएका राजवंशीले उपाधिसहित बाइक पाएका हुन् । सुदूरपश्चिम रोयल्सका सैफ जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित, भए भने उदीयमान खेलाडी कर्णाली याक्सका विपिन शर्मा बनेका छन् । जैबले अवार्डसँगै ५ लाख रुपैयाँ प्राप्त गरेका…
काठमाण्डौं । नेपालमा पुनः मंकिपक्स संक्रमण देखिएको छ । बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषलाई मंकीपक्स संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विदेशबाट नेपालमा आएका व्यक्तिमा मंकीपक्स देखिएको यो दोस्रो घटना हो । यसअघि ०८० असारमा विदेशबाट आएकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स संक्रमण देखिएको थियो । नेपाली नागरिकमा यस्तो रोगको संक्रमण पहिलोपटक देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार संक्रमण पुष्टि भएका व्यक्तिमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचारका लागि राखिएको छ । पछिल्लोपटक १११ मुलुकमा मंकीपक्स फैलिइसकेको छ । मंकीपक्स…
काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै नेपाल प्रिमियर लिग ९एनपीएल०को उपाधि जितेको छ । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० को उपाधि जितेको हो । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले…
काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल) को फाइनल खेल कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै बसेर हेरिरहेका छन् । लामो समयदेखि फरक–फरक धारमा रहेर बसेका दुई नेता क्रिकेट हेर्दा यसरीसँगै देखिएका हुन् । देउवा र प्रचण्डबिच केही कुराकानी समेत भएको थियो । कीर्तिपुर मैदानमा देउवा र प्रचण्ड सँगै बसेर जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल खेल हेरेका हुन् । उनीहरुसँगै गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत नेताहरु पनि कीर्तिपुर मैदानमा पुगेका छन् । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ। सुदूरपश्चिमको कप्तानी…
काठमाण्डौं । एनपीएल क्रिकेटअन्तर्गत शनिबार जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्बीचको फाइनल खेलमा आफ्नो प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न सुदूरपश्चिम र मधेस प्रदेशका मुख्यमन्त्रीहरू त्रिवि क्रिकेट मैदानमा पुगेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खड्का, पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवालगायतका नेताहरू शनिबार त्रिवि क्रिकेट मैदान रंगशालामा पुगेका हुन् । सुदूरपश्चिमबाटै प्रतिनिधिसभा सदस्य रहेका गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारीलगायतका नेताहरूका साथ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि खेल अवलोकन गर्न मैदान पुगेका छन् ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क