Author: ट्रान्सपेरेन्टखबर
कैलाली । कैलाली जिल्ल्लाको भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको एक करोड रुपैयाँ मूल्यबराबरको सुनचाँदी र नगदसहित तीनजनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको भजनी नगरपालिका– ५, कौवाखेडाबाट शनिबार बेलुकी सुनचाँदीसहित सुर्खेत घर भएका तीनजनालाई पक्राउ गरिएको सशस्त्रका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । भजनीस्थित पगियापसारबाट खटिएको बिओपी टोलीले सुर्खेतको चौकुनी गाउँपालिका– १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका– १ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका– ११ का ३२ वर्षीय महेश सुनारलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ६२० ग्राम सुन, आठ किलो ९१४ ग्राम चाँदी बरामद गरिएको सशस्त्र प्रहरी ३४…
म्याग्दी । बेनी–पुलाचौर पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि रु एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ । एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ । बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको रु तीन करोड बजेटमध्ये रु एक करोड ५० लाखको लागतमा कुरिलाखर्क र…
चितवन । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो । यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ । यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताए । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ ।
मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा आएका तस्बिर फेला परेका हुन् । निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार क्यामेरामा कालो रङको चितुवा, हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लोखर्केजस्ता स्तनधारी वन्यजस्तु ‘ट्रयाप’ भएका र तीमध्ये कालो रङको चितुवा र लोखर्के पहिलोपटक देखिएको हो । निकुञ्जमा ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गरिएको हो । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागबाट विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापामगर,…
काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाभित्र स)चालनमा रहेका धेरै जसो मम पसल र रेष्टुरेन्टहरुमा सरसफाई नदेखिएको निक्ष्कर्ष निकालीएको छ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ । महानगरले दैनिक उपभोग्य बस्तु र खाद्य बस्तुको अनुचित विक्री वितरण रोक्न नियमित अनुगमन गरिरहेको छ । महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले गत कार्तिक २९ गतेदेखि सुनधारा, न्युरोड, मखन, त्यौड, कलमपोखरीमा गरेको अनुगमनमा यस्तो भेटिएको हो । सो अनुगमनमा ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा ९८८।२४५० मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ । यससँगै ६६ वटा ९७७।६५५० प्रतिशतमा भान्छा…
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले १९औं ‘एटीआर’ जहाज थपेको छ । थपिएको जहाज शुक्रबार काठमाडौं अवतरण गरेको छ । बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ जहाज भित्र्याएको हो । बुद्धसँग अब ७२ सिटे जहाज संख्या ६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ डिसेम्बर अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । बुद्धले दर्ता नम्बर ‘९एन–एओजी’ भएको जहाज फ्रान्सको एटीआर कम्पनी टुलुसबाट ल्याएको हो । बुद्धएयरसँग हाल तीन थान ‘एटीआर४२–३२०’ र १६ थान ‘एटिआर७२–५००’ सिरिजका जहाज छन् । कम्पनीले केही समयअघि मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट बिदाइ गरेको थियो । उक्त जहाजको ‘डिरजिस्ट्रेसन’…
काठमाण्डौं । सर्वाधिक कमाइको रेकर्ड बनाएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन नहुने भएको छ। निर्माता कम्पनी सेभेन सिस सिनेमाले शनिबार एक विज्ञप्ती जारी गर्दै सोमबारदेखि देशैभरिका हलहरूबाट फिल्म उतारिने जानकारी दिएको हो। आफ्नो चलचित्रलाई केही हलले गरेको नजरअन्दाज गरेकाले यस्तो निर्णय लिनुपरेको निर्माताले जनाएका छन्। पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो चलचित्रलाई केही सिनेमा घरहरूबाट गरिँदै आएको व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको छ, विज्ञप्तिमा भनिएको छ। विजय बराल अभिनीत फिल्मले नेपालमा ४७ करोड बढी व्यापार गरिसकेको छ। भारतीय फिल्म पुष्पा २ आएपछी यो फिल्मको शो हवात्तै घटाइएको थियो। अहिले हामी कात्तिक १५,१६ र १७ गते…
काठमाण्डौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ ) का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन ९एफपिओ० प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको आईपिओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपिओका लागि बोर्डको प्रक्रियामा छ । होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले तीन अर्ब ३१ करोड १० लाख बराबरको तीन करोड…
काठमाण्डौं । नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० सम्झौतामा नक्कली नाटक गरेको टिप्पणी गरेका छन् । चाइनिज पिपुल्स इन्टिच्यूसन अफ फरियन अफियर्सको आयोजनामा भएको सम्मेलनमा सहभागी भएर नेपाल फर्किएको नेता खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बीआरआईमा धेरै ड्राफ्टहरु बनाउँदै, फिर्ता गर्दै गरेर अन्तिममा सहमति भएको बताए । उनले नक्कली नाटक गरेर छमेकी देशहरुसँग राम्रो सम्बन्ध नबन्ने बताए । उनले प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगसमेत राम्रो सम्बन्ध बनाउन नसकेको टिप्पणी गर्दै नेता खनालले ओलीले संसारसँग राम्रो सम्बन्ध बनाउनै नसक्ने बताए । ‘बीआरआईको…
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन् । उनले बीआरआई सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरिएको गुनासो गरिन् । ऋण लिने र दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाइन् । नेपालले चीनसँग बीआरआई बाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि उनले स्पष्ट पारिन् ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क