Author: ट्रान्सपेरेन्टखबर
तनहुँ । म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । सभाहलको आज औपचारिक उद्घाटन हुँदैछ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुने विश्वास लिइएको छ । रासस
काठमाडौँ । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आउने भएका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन्। चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्ने बताइएको छ । प्रहरी स्रोतका अनुसार बिहान ९,५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ । दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ । भुटानी राजाको सुरक्षा तथा अन्य सेवा सुविधाको व्यवस्था नेपाल सरकारले गरेको बताइएको छ…
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्यान्नेच्युडको भूकम्प गएलगत्तै सुनामीको चेतावनी दिइएकामा उक्त अलर्ट हटाइएको छ । सुनामीको चेतावनी लगत्तै सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून बेमा अवस्थित एक होटललाई सुनामीको चेतावनीका लगागार अलर्ट आएका थिए । शक्तिशाली भूकम्प पश्चात क्यालिफोर्नियाको हम्बोल्टमा १०औं हजार मानिस अन्धकारमा बस्न बाध्य छन्, उनीहरुसँग विजुली छैन । भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवं सहायता सामग्री पठाइएको क्यालिफोर्नियाको उत्तरी तटको प्रतिनिधित्व गर्ने राज्य सिनेटर माइक म्याकगायरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । एजेन्सीको सहयोगमा
बागलुङ। केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ । यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन् । चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन् । काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० पालेका छन् । उनले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गरेका हुन् । फार्ममा रु एक करोड ३५ लाख लगानी गरेका उनले त्यसका लागि एक हजार चार…
काठमाडौं । मानव तस्करीको आरोप लागेको एमाले नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सो रिट दर्ता गराएका हुन् । सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त मुद्धा बेन्चको आदेशपछि दर्ता भएको हो । सो मुद्दामा आगामी आइतबारका लागि पेशी तोकिएको छ । ‘रिट दर्ता भइसकेको छ । आगामी आइतबारका लागि पेशी तोकिएको छ, वरिष्ठ अधिवक्ता त्रिपाठीले भने । कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी आफूसँग असम्बन्धित मान्छेहरुलाई जापानको एक कार्यक्रममा गएको घटना बाहिरिएको थियो । तत्कालीन मन्त्री अधिकारीसँग जापान पुगेका ३ जनाले कोशी प्रदेश…
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन्। नोभेम्बर ३(१८) कात्तिक देखि डिसेम्बर ३(१८ ) मंसिर सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ। यस अवधिमा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए । त्यस्तै २ हजार ५ सय ३३ यात्रु भैरहवा अवतरण गरेका छन्। साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन्। एक महिनामा कुल १ सय ५६ उडानरअवतरण भएका छन्। ७८ उडान र ७८ अवतरण भएको विमानस्थलले जनाएको छ। एक महिना अवधिमा जजिरा एयरवेजले…
काठमाण्डौं । किर्तिपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। बिहीबार पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित दर्ता गराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सात विकेटको क्षतिमा १३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको जनकपुरले १७,१ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। लिगमा जनकपुरले लगातार तेस्रो जित निकाल्दा पोखराले दुवै खेलमा हार व्यहोरेको छ। यसअघि पोखरा चितवनसँग पराजित भएको थियो। जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई हराएको थियो। जनकपुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक…
रामेछाप । रामेछापका कृषकले उत्पादन गरेको सुन्तलाले बजार नपाउँदा यहाँका किसान सस्तो मूल्यमा सुन्तला बिक्री गर्न बाध्य भएका छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए । आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताए । अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएकाले समस्या भएको बताउँछन् । उनले भने, “विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला रु एक सयमा बिक्री वितरण हुने…
रुपन्देही । लुम्बिनी प्रदेशमा पुनःस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुनःस्थापनाको लागि पुनःस्थापना गृहको आवश्यकता परेको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा दाङको घोराहीमा पुनःस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । एसियाली विकास बैंकका प्रतिनिधि मण्डलसंगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको, लगत्तै भवन निर्माणको ठेक्काको काम अघि बढ्ने जानकारी दिए । ‘हिंसामुक्त समाज निर्माण गर्ने प्रदेशको संकल्प छ । यसका लागि हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँच पुर्याउन, समाज र घर परिवारमा पुनःस्थापनाको लागि पुनःस्थापना गृहको आवश्यकता परेको हो’ मुख्यमन्त्री आचार्यले भने, ‘सामाजिक न्याय र समतामुलक समाज निर्माण…
काठमाण्डौं । प्रधानमन्त्री केपी ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । सोमबार बेइजिङ गएका प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको विशेष उडानबाट प्रतिनिधिमण्डलसहित स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पारेका छन् । चीन भ्रमणबाट फर्किए पश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा गर्दै उनले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताए । ओलीले भने, ‘ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौ । ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क