Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल ) मा आज पनि दुईवटा खेल हुँदै छन् । आजको तालिका अनुसार पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुँदैछ । यो खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ । अंक तालिकामा सातौ स्थानको पोखरा र आठौं स्थानमा रहेका विराटनगर किंग्सबीच हुने खेलको विजेता बन्ने टोलीले प्लेअफको सम्भावना कायम राख्दा पराजित हुने टोली प्रतियोगिताबाटै बाहिरिने दोस्रो टोली बन्नेछ । यसअघि लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो…

Read More

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार९सान० लगाउँछन्। चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो। यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको सान (धार)  लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर धारिलो बनाउँछन्। तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब एक हजार जति आम्दानी हुने गरेको सुनाउँछन्।बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु. उनले भने। रानाले…

Read More

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परिक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरुको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९ औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले कैलास खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ। कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्धितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा, कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेका छन् । महाधिवेशनको बन्द सत्रमा पेश गरिएको प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको…

Read More

बारा । बारा जिल्लाको बरियारपुरस्थित प्रसिद्ध गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब ५ सय जना सशस्त्र प्रहरी २४ सै घण्टा परिचालित भएका छन् । मङ्सिर १ गतेदेखि सुरु भएको मेला मङ्सिर ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलालाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं। १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमान्डमा टोली परिचालन भएको छ भने मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा मेला अवधिभरको लागि मेलास्थमा कमान्ड पोस्ट स्थापना गरिएको छ । मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरिएको छ ।मेलामा भिड व्यवस्थापन र निगरानी गर्न…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि बुधबार निर्देशक समिति गठन गरेका हुन् । पार्टीको विधान २०१७ (संशोधनसहित ) को धारा २५ ९९० बमोजिम गठन गरिएको उक्त समितिले महाधिवेशन सम्पन्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन दिनसक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार र सदस्यमा लक्ष्मी परियार र शान्ति विकलाई तोकेको…

Read More

काठमाण्डौं । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री संघको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ९सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल० फोटो प्रदर्शनी आयोजना गरिएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका फोटो पत्रकारले खिचेका मनमोहक प्राकृतिक सम्पदा, पर्यटन क्षेत्र, कलासंस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनीमा राखिनेछ । सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे०का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रदर्शनीका लागि चीनको सान्तोङ…

Read More

काठमाण्डौं । सहकारीपीडित तथा सहकारी बचतकर्ताहरूले बचत रकम फिर्ता गराइदिन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण(पत्र बुझाएका छन्। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष बुझाएको ध्यानाकर्षण(पत्रमा सरकारले बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको उल्लेख छ। सहकारीपीडित तथा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका पदाधिकारीहरूको ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष मगरले सहकारीको रकम अपचलन र बचत फिर्ता हुन नसकेको सम्बन्धमा आयोगमा दर्ता भएका उजुरीहरूमा आयोगबाट अनुसन्धान भइरहेको र सम्बन्धित पक्षहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने बताए। ‘विगतमा सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता र अपचलनकर्ताहरूलाई कारबाही गर्ने भनी पीडित पक्षसँग सम्झौता गर्नाका साथै समस्या समाधान गर्ने सार्वजनिक रूपमा प्रतिबद्धता जनाए पनि बचत…

Read More

काठमाण्डौ । कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय ९कोइका० को आर्थिक सहयोग तथा युएनएफपिएको प्राविधिक सहयोगमा मधेश प्रदेशमा सेफ गर्ल्स परियोजना सुरु भएको छ। यसका लागि कोइकाले ६६ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउनेछ। यसमध्ये २२ लाख अमेरिकी डलर मधेश प्रदेशमा किशोरीहरूलाई हानिकारक अभ्यासहरू र लैंगिक हिंसाबाट जोगाउन, उनीहरूलाई डिजिटल प्रविधिको प्रयोगमा सहयोग हुनेछ। नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका अनुसार परियोजनाले विद्यालयभित्र र बाहिरका किशोरकिशोरीसम्म बृहत् यौनिकता शिक्षाको पहुँच पुर्‍याउन तथा लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि स्थानीय तहका सेवाहरूलाई बलियो बनाउन सहयोग पुर्‍याउनेछ। परियोजनाले संघीय तथा प्रदेशका मुख्य सरोकारवाला मन्त्रालय र स्थानीय तहका सरोकार निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नेछ। कोरियाका लागि कोइकाका…

Read More

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द महतले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवासम्बन्धी कार्य लोकसेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ । ‘यो निर्णयले प्रतिष्ठानलाई विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट अब्बल शिक्षक तथा कर्मचारी नियुक्त गर्न ठूलो अवसर प्रदान गरेको छ,’ रजिस्ट्रार महतले भने, ‘यो निर्णय संस्थागत हितका लागि महत्त्वपूर्ण कोसेढुंगा साबित हुनेछ, प्रतिष्ठानमा हाल कार्यरत शिक्षक र कर्मचारीहरूको योग्यता एवं…

Read More

काठमाण्डौं । जनकपुर बोल्ट्सलाई ७२ रनको फराकिलो अन्तरले हराउँदै सुदुरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग ९एनपिएल० को शिर्ष स्थानमा पुगेको छ । पाँच खेल खेलेको सुदुरपश्चिम र पाँचवटै खेल खेलेको जनकपुर एक –एक खेलमा हार ब्यहोरेका छन् । तर रनरेटका आधारमा सुदुरपश्चिम एनपिएलको शिर्ष स्थानमा पुग्न सफल भएको छ । ८ अंकसहित शीर्ष स्थानमा रहेको जनकपुर लगातार पाँचौ जितबाट बञ्चित भयो । यो हारले नेटरन रेटमा पछि पर्दै टोली दोस्रो स्थानमा झर्यो । १८औँ खेलमा आएर टोलीले पहिलो हार बेहोरेको छ । जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेट, पोखरालाई ७ विकेट तथा लुम्बिनीलाई एक रनले…

Read More