Author: ट्रान्सपेरेन्टखबर
झापा । झापा जिल्लास्थित महारानीझोडाको जग्गासम्बन्धी समस्या समाधानको प्रयास भएको ४८ औं वर्ष बित्यो । २०३४ सालमा बनेको विशेष नापी अघिदेखि यहाँका बासिन्दा जग्गा भए पनि नक्साविनै बसेका थिए । कागजी किनबेच भए पनि त्यो जग्गा कतै धितो बन्धक हुँदैन थियो । भूमिसुधारमन्त्री बलराम अधिकारीका अनुसार महारानीझोडामा मात्रै नक्सा बेगरका जग्गा किनबेच हुन्छन् । उनका अनुसार झण्डै ५० वर्षको यो समस्या अब समाधानउन्मुख छ । सरकारले २०७२ को विशेष नापी र २०३४ सालको नापीलाई आधार मानेर सूचना प्रकाशन गरी अर्को सातादेखि धनी पुर्जा वितरण गर्दै छ । सरकारले गौरादह नगरपालिका वडा नं ४ र ५ को जग्गा दर्ता समिति गठन…
धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव हुने छ । पाँचौ दिन मंसिर २० गते मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन ममंसिर २२ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । नगरदर्शनका…
पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन्। अधिकारीहरूका अनुसार योसँगै झडपमा कुल मृत्युको संख्या १२४ पुगेको छ। पाकिस्तान सुन्नी बहुल देश हो, यद्यपि अफगानिस्तानको सीमानजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठुलो सिया जनसंख्या छ, दुई समुदायहरू दशकौँदेखि द्वन्द्वमा छन्। गत बिहीबार नयाँ लडाइँ सुरु भयो जब प्रहरी स्कर्टअन्तर्गत यात्रा गरिरहेका दुई अलग(अलग सवारीमाथि आक्रमण हुँदा ४० जनाभन्दा बढी मानिसहरूको मृत्यु हुनुका साथै लडाइँ सुरु भएको थियो। कुर्रम स्थानीय सरकारका एक अधिकारीले विगत दुई दिनमा झडपका कारण थप १३ जनाको मृत्यु भएको जनाउँदै मृतकहरूमा दुईजना सुन्नी र ११ जना सिया समुदायका रहेको उल्लेख…
मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिकाएका( ४, लिब्रुगाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको १३ किलोमिटर सडकको ट्र्याक खुलेसँगै पहिलोपटक लिब्रु गाउँमा गाडी पुगेको हो। गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन्। यो सडक निमार्णमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रम करिब २ करोड लगानीमा सडक निर्माण भएको जनाइएको छ। सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले चुनावका वेला…
तनहुँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले बताएका छन् । प्रधानमन्त्री ओली मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको बेला रास्वपाका उपसभापतिबाट उक्त प्रतिक्रिया आएको हो । तनहुँको दमौलिमा आयोजित पार्टी कार्यक्रममा सांसदसमेत रहेका रास्वपा उपसभापति वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका हुन् । वाग्लेले चीनमात्रै नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने धारणा राखे । नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने वाग्लेको भनाइ छ । एक प्रतिशत ब्याज भए ऋण नै लिए…
काठमाडौँ — स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान सुरु भएको छ । देशभरमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो । ४१ पद, ३७६ उम्मेदवार, दुई लाख २६ हजार ७९९ मतदाता रहेका छन् । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ…
काठमाडौं । श्रीलंकामा जन्मीएका अमेरीकन त्रि mमेट खेलाडीलाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि मिलान्थाको अविजित अर्धशतकको मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५।३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा गर्यो । मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए ।विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको…
गोरखा । गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको संस्कृति र परम्पराका संरक्षणमा जुटेका छन् । मगर समुदायको वेशभूषा, संस्कृति र परम्परा जोगाउनका उनीहरू समूहमार्फत पहल सुरु गरेको आमाडाँडा महिला समूहकी अध्यक्ष बेली थापामगरले जानकारी दिइन् । “मगर समुदायको संस्कार र संस्कृति जीवन्त राख्न अहिले मगर जातिको सोरठी, कौह्रा, झ्याउरे नृत्य पछिल्लो पुस्तालाई सिकाउने थालिएको छ”, उनले भनिन्, “त्यसबाहेक जन्म, मृत्यु र विवाहलगायतका कर्मकाण्डलाई पनि आफ्नै परम्पराअनुसार नै गर्नका लागि सिकाइको प्रक्रियालाई अगाडि बढाइएको छ ।” गोरखा सामुदायिक सिकाइ केन्द्र र वडाको सहयोगमा स्थानीय मगर समुदायको मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण एवं पुस्तान्तरणका लागि महिलाले काम गरिरहेको अध्यक्ष…
काठमाडौँ । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ सुरु भएको छ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए )जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा भोलिसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने यस महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरूको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ । जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिभलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ । फेस्टिभलका…
काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा.सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमति कम भइरहेको बताए । उनले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएर घटेको बताए । “हामीले सङ्क्रमितको पहिचान गरेर…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क