Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । पूर्वविशिष्ट पदाधिकारीहरुलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति सत्तारुढ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले मुलुक आर्थिक रुपमा कमजोर भएको अवस्थाका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन कानून बनाइरहेको समाचारहरु आएको भन्दै यस्तो गर्न नहुने बताए । उनले भ्रष्टारचार नियन्त्रण गर्न नसकिएको, युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको तथा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै सरकार त्यसतर्फ केन्द्रित हुन जरुरी रहेको बताए । उनले भने, ‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको…
काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अब निर्णायक समय आउँदै छ, तयार रहौँं’ भन्दै यो जानकारी सार्वजनिक गरेका हुन्। उनको यो घोषणले उनि एक्लै समाजवादी मोर्चासँग भिड्न खोजेको स्पष्ट हुन्छ । समाजबादी मोर्चाले राजावादी बिरुद्ध १५ गते नै बृहत प्रदशर्नी गर्ने निर्णय गरीसकेको छ । यिनै प्रसाईले केही बर्ष पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निवासमा बोलाएरसँगै खाना खुवाएका थिए । त्यो पनि जुम्लाको मार्सी चामलको भात । जसले गर्दा मार्सी चामल मात्रै चर्चामा आएन दुई कम्युनिष्ट…
काठमाण्डौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ। आज ९आइतबार० बिहान ११ बजे बैठक बस्ने भएको हो। बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ। यस्तै बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ुआर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ माथी विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री पौडेलले ुनिजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१ माथी विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ। त्यस्तै मन्त्री पौडेलले ुआर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथी विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद सचिवालयले…
काठमाण्डौं । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ। देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ। घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ। विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ सङ्कलन भएको छ। विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५०…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आइतबार ९आज० केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए। पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने नेता प्रधानको भनाइ छ। रासस
काठमाडौँ । उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि उपभोक्ता अदालत गठन भएको छ । विश्व उपभोक्ता दिवसको अवसरमा उपत्यकाका तीन जिल्लाका उपभोक्ताका उजुरी सुनुवाइ गर्ने गरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ बमोजिम उपभोक्ता अदालत गठन गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार उद्योग विभागको परिसरमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले उपभोक्ता अदालतको उद्घाटन गर्नुभयो । शनिबार स्थापना भएको अदालतले आइतबारबाटै काठमाडौँ, ललितपुर र भक्तपुरका उपभोक्ताको उजुरीको न्याय निरूपणको काम सुरु गर्ने जनाइएको छ । अदालत उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश राउतले उपभोक्ताको अधिकारलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरिसकेको र…
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपियाँले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपियाँ ५० पैसा, एक सय ६२ रुपियाँ र एक सय ६३ रुपियाँ तथा डिजेल(मट्टितेल प्रतिलिटर एक सय ४८ रुपियाँ ५० पैसा, एक सय ५० रुपियाँ र एक सय ५१ रुपियाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको…
नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् । लामो समयको कसरतपछि केहीबेर पहिले मात्र ठुलो संख्यामा बाल सुधारगृहमा पुगेको प्रहरीले सुधारगृहमा छिरेर बालबन्दीलाई नियन्त्रणबाट मुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बालसुधार गृहमा प्रवेश गरेर नियन्त्रणमा लिन सफल भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताउनुभयो । उहाँले सो क्रममा बालबन्दीहरुको ढुंगा प्रहारबाट…
काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरी कार्यालयले जितेको छ । नेपाल प्रहरी खेलकुद समिति महाराजगञ्जको आयोजनामा मुलपानी क्रिकेट मैदानमा सञ्चालित प्रतियोगिता शनिबार मधेशले उपाधि चुमेसँगै समाप्त भएको छ ।शनिबार भएको फाइनल खेलमा मधेश प्रदेश प्रहरी कार्यालयको टिमले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमलाई १४ रनले पराजित गरेको हो । फाइनल खेलमा पहिलो ब्याटिङ गरेको मधेश प्रदेश प्रहरी कार्यालयको टिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनायो भने जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन मात्र बनाउन सक्यो । शनिबार नै प्रतियोगिताका विजेता र…
काठमाडौ. । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बीआरआईको उपयोग अधिकतम गर्नुपर्ने बताए। उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी नेपालको नीति सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको सिद्धान्तमा आधारित छ। हाम्रा दुई महान छिमेकीहरू छन्। तिनीहरू दुवैको अर्थतन्त्र द्रुत गतिमा विकास भइरहेको छ। यि दुई द्रुत गतिमा विकासशील छिमेकीहरू पनि हाम्रा अवसर हुन्। हामीले तिनीहरूको विकासबाट लाभ उठाउन यो अवसरलाई सदुपयोग गर्न सक्षम हुनुपर्छ।’ उनले थपे, ‘चीनको अर्थतन्त्र २० ट्रिलियन डलर नाघेको छ। जसले यसलाई…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क