Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल) को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ । महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डङ्गोलले आज सो कार्यको औपचारिक उद्घाटन गरे । उपमेयर डङ्गोलले उपकरण जडान पश्चात वास्तविक तथ्याङ्क प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताए । उनले भने, “काठमाडौँमा वायु प्रदूषण घटाउन यो महत्वपूर्ण यात्राको सुरुवात हो ।” महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषण विरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गरे । महानगरले छिट्टै सवारीसाधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको…
काठमाण्डौं । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आज प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस )ले सिरियामा कब्जा गरिसकेको छ । उक्त क्षेत्रमा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मङ्सिर २२ गते संयुक्त राष्ट्र सङ्घको ‘यूएनडिओएफ’ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी उक्त समूह जबरजस्ती प्रवेश गरेको थियो । उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिक…
काठमाडौँ । हेराल्ड कलेज काठमाडौँको वार्षिक दीक्षान्त समारोह सम्पन्न भएको छ । होटेल याक एण्ड यतीमा आयोजित कार्यक्रममा कलेजबाट कूल ६२१ विद्यार्थीहरू दीक्षित भएका हुन् । जसमा ४२८ स्नातक ९ब्याचलर्स० डिग्री प्राप्त गर्ने र १९३ स्नातकोत्तर ९मास्टर्स० डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् । कलेजले दीक्षित हुनु प्रत्येक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण माइलस्टोन भएको र यो समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्ययनको सुरुवातको सन्देश दिने उल्लेख गरेको छ । वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ । यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बिएससी ९अनर्स० कम्प्युटर साइन्सका विद्यार्थी…
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो । उमेर ढाँटेर पदमा बसेको र त्यसबाट व्यक्तिगत लाभ लिएको भनी अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले १५ साउन २०८० पछि उनले लिएको पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी मुद्दा दायर गरेको हो ।नारिकतामा पटक–पटक जन्ममिति सच्याएर गरी तोकिएको समयभन्दा बढी सरकारी सेवा र सुविधा लिएका सूर्यप्रसाद सिलवाल अन्ततः समातिएका छन् । नेपाल बीमा…
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो हेल्थ सेवा’ सुरु गरेको छ । आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्नका लागि एकाइ स्थापना गरेर हेल्लो हेल्थ सुरु गरिएको हो । सेवा सुरु भएसँगै नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासोहरू टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् । साथै टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासोहरू राख्न सकिनेछ भने भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ इमेलमार्फत ‘हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपी’मा गुनासो पठाउन सकिने जनाइएको हो ।…
कीर्तिपुर । सातगाउँले ( न्हेगाँ) जात्राका अवसरमा मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ। कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए। सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ। यस क्रममा पाँगाको बालकुमारी र विष्णुदेवीको रथ यात्रा गराइन्छ। चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिरपरिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ। काठमाडौंको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ। आमालाई भेट्न हरेक वर्ष मार्गशीर्ष शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार यही मंगलबार ९२५ मंसिर० बिहानै सबै…
काठमाण्डौं । देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूस पुगेको खुलेको छ। रूसको समाचार संस्था तासले क्रेमलिनलाई उद्धृत गर्दै सिरियाली राष्ट्रपति असद मस्को पुगेको उल्लेख गरेको छ। असद र उनका परिवार मस्को पुगेका छन्। मानवीयताका कारण उनीहरूलाई रूसले शरण दिएको छ,ु क्रेमलिनका एक स्रोतलाई उद्धृत गर्दै तासले लेखेको छ। क्रेमलिनले सिरियाका विद्रोही संगठनका नेताहरूसँग पनि कुराकानी गरेको उनीहरुले सिरियाको भूमिमा रहेको रूसी सैन्य अड्डाहरू र कुटनीतिक नियोगहरूको सुरक्षाको ग्यारेन्टी गरेको तासको समाचारमा उल्लेख छ। रूस सधैं सिरियाली संकटको राजनीतिक समाधानको पक्षमा बोलेको छ। हामी संयुक्त राष्ट्रको मध्यस्थतामा वार्ता पुनस् सुरु गर्न जोड दिन्छौं,ु क्रेमलिनका ती स्रोतले भनेका छन्।…
काठमाण्डौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवन एनपिएलका चार खेल खेलेर फर्किएका छन्। आइतबार सगरमाथा आधार शिविरको भ्रमण गरेर उनी स्वदेश फर्किएका हुन्। हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले उनलाई चार खेलको लागि भित्र्याएको थियो। उनी कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीसँग आइतबार बिहान सगरमाथा आधार शिविर पुगेका थिए। कर्णाली याक्सले जनाएअनुसार धवनले झन्डै चार घण्टा सगरमाथा आधार शिविरमा बिताएका थिए। कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आएको मौका छोपेर उनले केही दिनअघि पशुपतिनाथको पनि दर्शन गरेका थिए। उनले आगामी मार्च महिनामा फेरि नेपाल आउने इच्छा व्यक्त गरेको कर्णालीले जनाएको छ। एनपिएलमा कर्णालीले खेलेको पहिलो चार खेलमा…
काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ । यदि कसैले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ ।
काठमाडौं । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । यो दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा मुलुकमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको देख्छन्, सुशासन तथा आर्थिक अनुशासनका पण्डितहरु । भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले औँल्याउँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि गर्छ ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क