Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । सरकारले आज प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्दैछ। मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार वितरण गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीकै पालामा स्थापना भएको सो पुरस्कार बिबिध कारणले २०७६ सालमा दुई बिधामा प्रदान गरीएको थियो । ततपश्चात रोकिएको पुरस्कार ओली प्रधानमन्त्री रहेकै बेला अर्थात आज बितरण गरीदैछ । शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्न लागिएको हो। सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस अवसरमा उक्त पुरस्कारको घोषणा गरिएको थियो। पुरस्कार पाउनेमा टेलिमेडिसिन क्षेत्रतर्फ डा. छिरिङ लामा ( सिन्धुपाल्चोक ) , विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डाक्टर…

Read More

जेरुसलेम । युद्धविराम सम्झौताको वेवास्ता गर्दै गाजापट्टीमा हवाई आक्रमण थालेको इजरायलले बिहीबारदेखि स्थल आक्रमण पनि सुरू गरेको छ । इजरायली सेनाले गाजामा बुधबार राति र बिहीबार बिहान गरेका हवाई आक्रमणमा कम्तिमा ८५ प्यालेस्टिनी मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीबीसीका अनुसार इजरायली रक्षा बल ( आईडीएफले )  दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियामा आक्रमण तीव्र पारेको हो । हमासले इजरायललाई लक्षित गरी तीनवटा क्षेप्यास्त्रहरू प्रहार गरेको आईडीएफले जनाएको छ । तर ती क्षेप्यास्त्रहरू इजरायली क्षेत्रमा प्रवेश गर्नुअघि नै निष्क्रिय पारेको आईडीएफले जनाएको छ । आईएफडीले गत सोमबार र मंगलबार गरेका आक्रमणमा ४…

Read More

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठक आज र भोलि मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्दैछ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । अध्यक्ष रञ्जिता श्रेष्ठले समसामयिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन् । सो बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू र संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ । साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप– प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय…

Read More

काठमाण्डौं । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ। नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०र८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो। सङ्घको ३२औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ बाट सम्मान गरे। सङ्घले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ। आव २०८०र८१ मा सङ्घले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुसी लागेको सिद्धार्थनगरका प्रमुख खाँले बताए। सङ्घले नगरपालिकाहरूको विभिन्न सूचक हेरेर पुरस्कार…

Read More

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे सुरु हुने बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१, निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिनिधिसभाबाट सन्देशसहित…

Read More

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै भेटवार्ता सकारात्मक रहेको बताएका छन्। तर गत फागुन २५ गते काठमाण्डौमा पूर्वराजाको स्वागतमा भएको कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर राखीएको बिषयले निकै हंगामा मच्चाएको थियो । यतिसम्म कि स्वागत र्यालीमा योगी आदित्यनाथको फोटो प्रदर्शन गर्ने ब्यक्तिको खोजी भएपछि उनि भारत भागेका थिए । यसरी एकातिर राजावादीहरु सल्बलाउनु र अर्कातिर मधेश प्रदेशका मुख्यमन्त्री सिंह सँग योगी आदित्यनाथको भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ । अझ रमाईलो पक्ष त के छ भने सो भेटवार्तामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली चौधरी…

Read More

काठमाडौँ । सरकारको नेतृत्व गरेको एमालेले पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडक प्रदर्शन गर्ने भएको छ । राजावादीहरुले आन्दोलनको घोषणा गरेपछि एमालेले पनि केन्द्रीय सचिवालयको निर्णयअनुसार देशव्यापी रुपमा प्रदर्शन गर्ने तयारी गरेको हो । ‘मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने’ निर्णय गरेको हो । एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरका सबै वडामा जनसचेतना कार्यक्रम घोषणा गरेको छ । महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट बिहीबार सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए । एमालेले तीन महिने…

Read More

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले खेलकुदमन्त्री तेजुलाल चौधरीको राजीनामा माग गरेका छन् । आज ( बिहीबार )  पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै उनको राजीनामा माग गरेका हुन् । मन्त्री चौधरीले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै उनीहरुले विरोध जनाउँदै राजीनामा माग गरेको बताइएको छ ।मन्त्री चौधरी नेपाली कांग्रेसका नेता हुन् । कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् । अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई झण्डा देखाएका हुन् ।

Read More

खोटाङ्ग । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन्। रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन्। नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको हो। रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेका छन्। रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाइमा भेटिएको वडाध्यक्ष राईले जानकारी दिए। उनका अनुसार विभिन्न समूहमा विभाजित भएर…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिला सहभागिता र सशक्तिकरणका लागि अहिले गरिरहेको प्रशंसा गरेका छन् । शीतल निवासमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसंँगको भेटमा उनले महासंघले आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरणका लागि प्रयास गरिरहेकोप्रति खुशी व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले महासंघले आगामी दिनमा महिला उद्यमशीलता वृद्धि र महिला सशक्तिकरणका लागि थप सक्रिय र प्रभावकारी ढंगले काम गर्ने अपेक्षा व्यक्त गरे । उनले भने, नेपालको हरेक राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको क्षेत्रमा नेपाली महिला जगतले महत्वपूर्ण योगदान पुर्‍याएका छन् । त्यही भएर हाम्रो संविधानले राज्यको हरेक निकाय र क्षेत्रमा महिला सहभागितासँगै समावेशीतालाई प्राथमिकता दिएको छ । यहीँ चैत…

Read More