Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ। नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ। मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १–० गोलले हराएको थियो। सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए। खेलअघि सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक रोसले मलेसिया बलियो र राम्रो टोली भएको उल्लेख गर्दै नेपाली खेलाडीको प्रदर्शन पनि कम नहुने बताए। ‘‘हामी मलेसियासँग जितका लागि खेल्नेछौँ…

Read More

काठमाण्डौं । मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त गरेर नेपाल बिधुत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निदेर्शक नियुक्त गरेसँग चौतर्फी रुपमा सरकारको चर्को आलोचना भएको छ । सरकारमा सहभागी दल हुन् या बिपक्षी दल, कलाकार हुन् या पत्रकार यात सर्वुाधारण जनता नै सबैले कुलमान हटाएकोमा चर्को बिरोध जनाएका हुन् । हिजो राती भएकाले सामाजिक संजाल मार्फत बिरोध जनाउनेहरु आज भने सडकसम्मै पुगेका छन् । सरकारले सोमवार साँझ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्‍यो। जबकि, कुलमानको चारवर्षे कार्यकाल आउँदो साउनमा गुज्रँदै थियो अर्थात् चार महिनापछि। तर, सरकारले चार महिनाअघि नै बर्खास्त गरेर हितेन्द्रदेव शाक्य नियुक्त गर्‍यो। सरकारले पदबाट हटाउँदा कुलमान…

Read More

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान नेकपा ९एकीकृत समाजवादी० निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो । उनीहरुले प्रदर्शनीमार्गस्थि विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए । लगतै प्रहरीले हस्तक्षेप गरेर आगो निभाइएको छ ।सो क्रममा उनीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । घिसिङमाथि गरिएको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ ।

Read More

काठमाडौंं । नेकपा ( माओवादी केन्द्र)  का केन्द्रीय सदस्य एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग ९वाईसीएल० का अध्यक्ष सुवोध सेर्पालीले प्रधानमन्त्री र मन्त्री सहभागी हुने देशभरका कार्यक्रम बहिस्कार गर्न आग्रह गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङलाई पदबाट हटाइएकोप्रति आपत्ति जनाउँदै उनले देशभरका युवाहरुलाई प्रतिरोधका लागि तयारी अवस्थामा रहन आग्रह गरेका हुन् । ‘सरकारको यस्तो गलत निर्णयको नागरिक स्तरबाट प्रतिवाद गर्दै देशभर हुने सार्वजनिक कार्यक्रममा बर्तमान सरकारको मन्त्रीहरू र प्रधानमन्त्री सहभागी सबै कार्यक्रम बहिस्कार गरौं । युवा साथीहरू झापड नलगाई यिनिहरुको होस खुल्नेवाला छैन प्रतिरोधको लागि तयार रहनुहोला, उनले भनेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई…

Read More

बिना थापा काठमाण्डौं । सोमवार साँझ मकवानङ्गपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङलगायत दुर्गम बस्तीका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा बत्ति पुरयाएर खुशीयाली साटीरहेका थिए नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग । तर उनलाई के थाहा त्यही समयमा काठमाण्डौमा बसीरहेको मन्त्रीपरिषद् बैठकले उनलाई निलम्बन गर्यो । उनको मुहारमा देखिएको खुशी क्षणचरमै आक्रोशमा परिणत हुन पुग्यो । कुलमानले सोमवार साँझ राक्सिराङ–९ खैराङकी ७० वर्षीय तुलकुमारी चेपाङको घरको विद्युत्को मिटर पनि ‘अन’ गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका चेपाङ समुदाय गाउँमा बिजुली बत्ती बल्दा दङ्ग परेका थिए । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङलगायत…

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र )  का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्यार्थी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति घोर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत दाहालले सरकारको उक्त कदम विल्कुल गलत र आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । दाहालेले फेशबुकमा लेखेका छन् । देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बाँकि बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको…

Read More

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री द्धय गगनकुमार थापा र बिश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको आलोचना गरेका छन् । थापाले सरकारको कुलमान हटाउने निर्णय गलत भएको टिप्पणी गरेका छन् । अहिले आम नागरिकमा असन्तुष्टि बढ्दो अवस्थामा रहेको र त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाईरहेको बेलामा सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको भन्दै आक्रोश पोखेका छन् । थापाले फेशबुकमा लेखेका छन्( आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात…

Read More

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले वर्तमान सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन् । उनले काठमाडौं महानगरका सरसफाई कर्मचारीे विगत तीन महिनादेखि तलब नपाएको र त्यसको कारण सरकारको दम्भ भएको आरोप लगाएका छन् । उनले कसले के के आन्दोलन गर्ने कुरा आफूलाई थाहा नभएको तर अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । उनले चेतावनीयुक्त भाषामा तिमीहरुको तन्त्र के के हो हेरौंला भनेर अर्को धम्की दिएका छन् । बालेनले फेशबुकमा लेखेका छन्( सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘को कोले…

Read More

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य मार्फत कुलमानलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो । मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो । सरकारले सोधेको चारबुँदे स्पष्टीकरणका विषयमा कुलमानले ७ वटा बुँदामा स्पष्टीकरण दिएका थिए…

Read More

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई पुनः सञ्चालनमा ल्याउन लिजमा जहाज थप्ने तयारी भइरहेको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन जहाज थप्नुको विकल्प नरहेको उल्लेख गरे। उनका अनुसार, हाल विभिन्न देशबाट नेपालमा सिधा उडानको प्रस्ताव आएको छ। जसलाई सहज बनाउन १० वटा वाइडबडी र १० वटा न्यारोबडी जहाज आवश्यक पर्नेछ। ‘’नेपाल एयरलाइन्सलाई सुचारु बनाउन गहन छलफल भइरहेको छ। कुनै पनि बेला ठोस नतिजा आउनेछ। जहाज थप्नुको विकल्प छैन,’’ उनले भने, ‘’सबैतिरबाट सिधा उडानको प्रस्ताव आएका छन्, जसले गर्दा ध्वजावाहक जहाजको आवश्यकता झन्…

Read More