Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ( रास्वपा ) ले कुलमानलाई हटाउने निर्णयलाई बदनियतपूर्वक बर्खास्ती भएको भनेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आज एक विज्ञप्ती निकाल्दै घिसिङमाथिको कारबाही विचौलियाहरुको संरक्षणको श्रृंखलाअन्तर्गत नै भएको निश्कर्ष निकालेको छ । रास्वपाले आज नेपाली जनतामा व्याप्त रोष र नैराश्यताका कारण प्रमुख दलहरु र तिनका कहिल्यै नफेरिने पात्रहरुको संलग्नतामा सञ्चालन हुँदै आएको चरम कुशासनको अविछिन्नता नै भएको निश्कर्ष निकालेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान बर्खास्तीविरुद्धको आन्दोलनलाई लक्षित गर्दै त्यसको केही अर्थ नभएको बताएका छन् । ‘केही व्यक्तिहरू इस्यु पाइयो भनेर लागेका छन् । तिललाई पहाड बनाउन लागेका छन् । त्यसको केही अर्थ छैन,’ प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए भन्दै प्रश्न गरेका छन् । आज सुजाता कोइरालाद्वारा ‘म र सानोबुवा’ शिर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रमिथसले जस्तै कुलमानले कहिले ती सामग्री बोकेर ल्याए भन्दै प्रश्न गरेका हुन् । ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा महाकाव्य छ, कविता छ, प्रमिथस भनेको दृष्य साहित्यमा पृथ्वीमा स्वर्गबाट स्वर्गमा त आगो थियो, न्यानो थियो…
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरुको बैठक बसीरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमतका अध्यक्ष सीके राउत, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल, जसपाका अध्यक्ष अशोक राईलगायत छन् । सरकारले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि विपक्षी दलहरूले विरोध गरिरहेका बेला सत्तापक्षीय बैठक बसेको हो । बैठकमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । …
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित पुस्तक विमोचन समारोहमा उनले कांग्रेस सत्तासँग सहकार्य गरिरहेको र प्रधानमन्त्री ओलीलाई साथ रहेको बताएका हुन्। सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानुबुबा’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थितिमा देउवाले पुरानो सम्बन्ध स्मरण गर्दै भने, ‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं। हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौं।’ उनले कांग्रेस र सरकारबीचको सहकार्य उल्लेख गर्दै थपे, ‘हाम्रो सम्बन्ध राम्रो छ, अहिले पनि राम्रोसँग अघि बढिरहेका छौं। कांग्रेसबाट प्रधानमन्त्रीलाई पूरा समर्थन छ।’ महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा.…
भरतपुर । नेकपा ( एमाले ) का कार्यकर्ताहरुले नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन् । आज ९मंगलबार० विहान प्राधिकरणको डिजिटल बोर्डमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा डिस्प्ले भएको थियो । सोही विषयलाई लिएर उनीहरुले वितरण केन्द्रका प्रमुख श्रेष्ठमाथि कुटपिट गरेका हुन् । प्राधिकरणको डजिटल बोर्डमा ‘केपी‘ देश छोड’ को नारा डिस्प्ले भएको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि उक्त नारा डिस्प्ले भएको बताइएको छ । एमाले निकट युवासंघका नेता तथा कार्यकर्ताहरुले कार्यालयमा प्रवेश गरी हातपात गरेको बताइएको छ । उनीहरुले कार्यालयसमेत तोडफोड गरेका…
काठमाण्डौं । नेपाल सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाएको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । सत्तापक्षदेखि बिपक्षीसम्मले सडक तथा सामाजिक संजाल मार्फत कुलमानको पक्षमा आवाज उठाईरहेका छन् । यसैबिच लामो समय सामाजिक संजालवाट टाढा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी लामिछानेले सोमवार बेलुकी मैनबत्ती बालेर मौन बसी बिरोध प्रदर्शन गरेका थिए । उनको बिरोध प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरीएको थियो । यसैबिच आज बानेश्वरमा भएको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्कीलगायतका युवाहरुले कुलमानको बर्खास्तीको चर्को विरोध गर्दै प्रदशर्नीमा सहभागी भएका छन् । उनिहरुले कुलमानलाई ‘काम गर्न दे…
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा काठमाण्डौको माईतिघर र नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । नेपाल सत्तारुढ दल कांग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । यसैबीच कुलमान हटाएको विरोधमा सरकारविरुद्ध मंगलबार काठमाडौंको माइतीघर र बानेश्वरमा विभिन्न समूहले प्रदर्शन गरेका छन् । उनीहरूले कता हिँडेको रु बिजुली मारेर, कुलमान फालेरु, हामी जनता हेरेको हेर्यै, सरकार जान्ने भो धेरै,‘सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ल्याऊ भन्छ’, ‘देशलाई अन्धकारमा धकेल्न पाइँदैन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान…
काठमाडौँ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ । समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेको छ । संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताए । उनले राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनसमेत विज्ञप्तिमा उल्लेख गरेका छन् । सोही…
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूले आफ्नो ऐतिहासिक विरासत कायम राख्दै सम्पूर्ण प्यानलसहित विजय हासिल गरेको छ । यस निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा, तथा स्वतन्त्र उम्मेदवारहरूले अनेरास्ववियूको प्रभाव भत्काउने प्रयास गरेका थिए । तर, ती सबै चुनौतीहरू पार गर्दै विष्णु पोखरेल नेतृत्वको अनेरास्ववियू प्यानलले विजय हासिल गरेको हो । अध्यक्ष पदमा विष्णु पोखरेलले १,१०५ मत प्राप्त गरी दोब्बरभन्दा बढी मतान्तरसहित जित हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका सुशील न्यौपानेले ५०३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ मत ल्याइन् भने माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत पाए । समाजवादी…
काठमाडौं । कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। उनले आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन्। काठमाडौँ महानगरपालिका( २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा केहीबेरअघि लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने रु’ आफूले उठाएका कुरा गलत भए जेल हाल्न भनेका छन्। ‘माथीको कुरा गलत भए मलाइ जेल हाल’ उनले लेखेका छन्। फेसबुकमा बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारी संज्ञा दिएका छन् । उनले लेखेका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क