Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल, वडा ४ का वडाअध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापामगर, तत्कालीन लेखापाल मदनराज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो । आर्थिक वर्ष २०७६(७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा कामै नगरी २०७७(७८ भुक्तानी लिएको उजुरीका आधारमा…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिए । यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई अनुरोधसहितको रुलिङ गरेका थिए । आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । उनीहरुले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड  )ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने स्पष्ट पारेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्डले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा जोड दिए। उनले भने, ‘प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्छ। उहाँ आएर स्पष्टीकरण दिनुपर्छ। चित्तबुझ्दो स्पष्टीकरण आयो भने हाउस तुरुन्तै चल्छ। तर, स्पष्टीकरण पनि जालझेलको आयो भने हाउस चल्दैन।’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका छन्। सोही विषयमा प्रधानमन्त्रीले स्पष्ट र चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने दाहालको…

Read More

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग भएको छ । दिउँसो सवा १ बजे बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिए । उनले सरकारले पुरस्कृत गर्नुपर्ने घिसिङलाई दण्डित गरिएको भन्दै आपत्ति जनाए । अगाडि भने, ‘जबसम्म सम्माननीय प्रधानमन्त्रीले योा सदनमा आएर स्पष्टीकरण दिनुहुन्न तबसम्म सदन नचलाइयोस् ।’ प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । यही अडान लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गरेका छन् ।

Read More

काठमाडौं । सत्ताधारी दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए। उनले भने, ‘अब यो नियमित विधेयकको रूपमा अघि बढ्छ, विधेयक अघि सार्दा अरू सत्तारुढ अरू दलहरूले उठाएको विषयहरू पनि समेटेर लैजाने सहमति भएको छ। यो अवस्थामा भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्ने विषयका सत्तारुढ दलहरूका बीचमा सहमती भएको हो । वालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका…

Read More

काठमाडौं । सरकारले नेपालभित्र सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले एक महिनाभित्र सरकारी निकायमा दर्ता हुन सूचना निकालेको छ । एक महिनाभित्र सुचीकृत हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्म बन्द गराउन सकिने सूचनामा स्मरण गराइएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थामा टेकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना निकालेको हो । उक्त निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । उल्लेखित व्यक्ति, कम्पनी…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरुले संसद् अवरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए । उनले सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति जनाउँदै सरकारको जवाफ मागे । कुलमानलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै बस्नेतले आफ्नो अभिव्यक्ति टुँग्याएका थिए । https://www.youtube.com/watch?v=FRczF5bmLYk

Read More

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा फसेका ५ जनाको शसस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सेन्टर प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका थिए। १०– १५ बजे सुनसरी, ईटहरी उमनपा ६ स्थित सेन्टर प्लाजाको चौथो तलामा आगलागी भएको खवर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीबाट सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकल सहित स्थानिय बासिन्दाहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भईरहेको छ । उक्त आगलागीमा फसेको ५ जना व्यक्तिको टोलीले सकुशल…

Read More

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्यत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई १० बुँदामा हटाउनुका कारणसहित पत्र पठाएको छ। मन्त्रालयले मंगलबार साँझ मात्रै घिसिङलाई हटाउनुका कारणसहितको पत्र पठाएको हो। प्राधिकरणका कार्यकारी निर्देशकका हैसियतले ऊर्जा मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरुपका काम नगरेकाले हटाइएको पत्रमा उल्लेख छ । १)  कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाएर कार्यसम्पादन सम्झौता उल्लङ्घन गरेको ऊर्जा मन्त्रालय र कुलमान घिसिङबिच भएको कार्यसम्पादन सम्झौताको दफा ९।५ अनुसार आ।व। २०८०र८१ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन २०८१ भदौभित्र मन्त्रालयमा पेस हुनुपर्नेमा समयमा नबुझाएको भनिएको छ । समयसीमाभित्र प्रतिवेदन नबुझाएको कारणले कार्यसम्पादन मूल्याङ्कन ग्राह्य नभएको र यसबाट कार्यसम्पादन…

Read More

काठमाडौं । संसद्मा रहेका विपक्षी दलहरुको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा संसद् अवरोध गर्ने भएको छ । उता, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भने अहिले केहीबेरमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको छ । ११ बजेबाट सुरु हुने उक्त बैठकमा भने भूमिसम्बन्धी अध्यादेश अघि बढाउने विषयमा सहमति हुने जनाईएको छ । भूमिसम्बन्धी अध्यादेशमा सरकारमा रहेको दल लोेसपाले पनि विरोध जनाएको छ । यस्तै, सत्ता गठबन्धनमा रहेको उपेन्द्र यादव नेतृत्वको दल जसपा नेपालपनि विपक्षमा उभिएको छ । उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अगुवाईमा बोलाईएको बैठकले कुलमान हटाइएको विषयमा छलफल गरेको…

Read More