Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगाएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए । कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको यो रिट हेर्न नमिल्नेमा परेको सर्वोच्च अदालतले जानकारी दिएको छ । दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा पेसी तोकिएको थियो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन आदेश दिएको थियो । साथै सो इजलासले पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जवाफको माग गरिएको थियो । कुलमानले सरकारले बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदरको माग गर्दै अन्तरिम आदेशको माग गरेर…
काठमाण्डौं । सभामुख देवराज घिमिरेले तीनकुनेमा शुक्रबार भएको घटनामाथि संसदमा बहस गर्न दलहरुलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठक बस्नु अघि आइतबार प्रमुख दलका सचेतकहरुसँगको छलफलमा सभामुख घिमिरेले राजावादीहरुले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शन लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार भएको बताए। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा प्रतिपक्षी दलहरुले संसद अवरोध गरिराखेका समय लोकतन्त्रमाथि नै गम्भीर प्रहार भएको विषयमा छलफलको वातावरण बनाउन दलहरुलाई सभामुख घिमिरेको आग्रह थियो । राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गर्दै सभामुखले अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने बताएका…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन्। एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको हो। प्रचण्डसँगको कुराकानी पश्चात प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले आइतबार साँझ साढे ६ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन्। गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो। तीनकुने घटनामा दुई जनाको मृत्युसमेत भएको थियो। सत्तारूढ नेपाली कांग्रेसका…
काठमाण्डौं । नेपाल बिधुत प्राधिकरणका बर्तमान र निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङ्गको मुद्धाको पेशी सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङले दायर गरेको मुद्दाको पेसी सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको छ । न्यायाधीश राउत र सुवेदीको इजलासले कुलमानले माग गरेअनुसार अन्तरिम आदेश दिनेरनदिने भन्नेबारे आदेश दिनेछ । यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए । न्यायाधीश मुसलमानको इजलासले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयसँग सम्बन्धित मुद्दाको…
काठमाडौँ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध रहेको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्यका लागि पहल जारी राखेका छन् । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रश्न उठाउँदै आएका छन् । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने उनीहरूको माग छ । प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना दिएका छन् । तर, विपक्षी दलहरू प्रधानमन्त्रीको जवाफ नसुनेसम्म सदन नखोल्ने अडानमा छन । आइतबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय…
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाण्डौ महानगरपालिकाले जरिवाना सहित पठाएकाृ पत्र बसझ्न मानेनन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर नगर प्रहरीको टोलीलाई निर्मल निवासमा छिर्न नदिएर गेटवाट फर्काइएको छ । शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । उक्त पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन् । बालेनका कानुनी सल्लाहरका…
काठमाडौँ। चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो । त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो । छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता…
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा आइतबार बिहान नागरिक समाजले अराजकता र हिंसा रोक्न माग गर्दै धर्ना दिएको छ। लोकतन्त्र, मानव अधिकार र शान्तिको पक्षमा आवाज उठाउँदै उनीहरूले धर्नामार्फत अराजकता र हिंसा निरुत्साहन गर्न जोड दिएका छन्। धर्नामा ‘गणतन्त्रको जग बलियो बनाऔं’, ‘अराजकता नियन्त्रण गर’, ‘आर्थिक अनियमितता र कालोबजारी रोक’, ‘समानता, न्याय र समावेशिता सुनिश्चित गर’, ‘लोकतन्त्रको रक्षा गर’, ‘नागरिक अधिकारको संरक्षण गर’, ‘निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर’, ‘मिडियामाथिको हमला बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘जनताको सुरक्षामा सम्झौता नगर’ जस्ता प्लेकार्ड र नारा देखिएका थिए। धर्नामा सञ्चारकर्मीसँग कुरा गर्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा वृहत् नागरिक धर्ना अभियानका संयोजक…
काठमाडौं । संघीय संसद्अन्तर्गतका दुवै सदनको आज बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्नेछन् । यस्तै, संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क