Author: ट्रान्सपेरेन्टखबर
बैंकक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी भएको प्रतिक्रिया जनाएका छन् । ओली–मोदीबीच आज ( शुक्रबार ) बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलनपछि साइडलाइन वार्ता भएको हो । मोदीले भारले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकतामा राखेको पनि बताएका छन् । भेटघाटको क्रममा भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको पनि भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत९नेपाल मित्रताका…
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारीका निर्देशक कुलमान घिसिङले देशको हित र समृद्धिका लागि आफू कुनै पनि जिम्मेवारी लिन तयार रहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अब आफू कर्मचारी नरहेको र जिम्मेवार नागरिकको रुपमा देशको हित र समृद्धिका लागि काम गर्ने बताए । ‘राजानीतिमा आउन लागेको हो ?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘म एउटा जिम्मेवार नागरिक, अब तयाईँहरुजस्तै नागरिक भएँ, म कर्मचारी रहिनँ अब । सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाएका थिए । उक्त विज्ञप्तिमा पनि उनले घुमाउरो भाषा प्रयोग गर्दै भनेका छन् ‘मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति…
बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक ) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो । यसअघि उनीहरु बिहीबार साँझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए । ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो । उनीहरुबीच दुईपक्षीय महत्वका थुप्रै विषयमा संवाद चले पनि योजनाबद्ध छुट्टै वार्ता भने हुन पाएको छैन ।…
काठमाण्डौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
बैङकक । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन्। उनले जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सिर्जना गरिरहेको बताए। थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ( बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताए। उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादी आन्दोलनको क्रममा अगुवाहरूले भिडलाई उत्तेजित बनाएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै सरकार हिंसात्मक गतिविधि हेरेर नबस्ने बताए । समितिमा गृहमन्त्रीले दिएको जवाफ राजावादीका अगुवाले भिडलाई उत्तेजित बनाएर निषेधित क्षेत्र तोड्ने संसद भवन नै तोडफोड गर्नका लागि उक्साए घरमाथि मानिस छ भनेर जानकारी हुदाँहुदैँ घरमा आगो लगाइयो । यो एकदमै उक्साहट गरेर भिडलाई अनियन्त्रित गरेर असहज वातावरण बनाउने योजना थियो । आगजानी नियन्त्रण लिन हर प्रयास भयो । तर, प्रहरीले सकेन । दमकल पनि बोलाइएको थियो, आगो…
काठमाण्डौं । दक्षिण कोरियामा सुरक्षा आपतकाल जारी भएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सू ले सुरक्षा आपतकाल आदेश जारी गरेका हुन्। शुक्रबार संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलविरूद्धको महाभियोग सदर गरेपछि कार्यवाहक राष्ट्रपति हानले सुरक्षा आपतकाल आदेश जारी गरेको बिबिसीले जनाएको छ। राष्ट्रपति यनविरूद्धको महाभियोगबारे संवैधानिक अदालतले शुक्रबार सुनुवाइ गर्ने भएपछि युनका पक्ष र विपक्षीहरू अदालत परिसरमा जम्मा भएका थिए। संवैधानिक अदालतका आठै जना न्यायाधीशहरूले युन विरूद्धको महाभियोग सदर गरेको फैसला सार्वजनिक भएपछि परिस्थिति केही असामान्य बनेको थियो। युनका समर्थकहरूले अदालतको आदेश स्वीकार्य नभएको भन्दै प्रदर्शन गरेका थिए। त्यहीँ अदालतको आदेश लोकतन्त्रको पक्षमा आएको भन्दै युनका विरोधीहरूले…
बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को छैटौं शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साङ्ग्रिला सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन् ।सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री ( प्रतिनिधिमण्डलका नेता ) हरुले सम्बोधन गर्नुहुनेछ ।
काठमाडौं । काठमाडौं उपत्यकामा हिजोअस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग बिहीबारको तुलनामा आज ( शुक्रबार ) धेरै भएकाले प्रदूषण केही घटेको हो । हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स ( एक्यूआई) भने बिहीबारको भन्दा घटेको छ । बिहीबार ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ । वातावरण…
रुपन्देही । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा भएको पेशी हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ । बिहीबार प्रतिवादीतर्फ रवि लामिछानेका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रवारका लागि हेर्दाहेर्दैमा राखिएको हो । रुपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको छ भने छविलाल पुर्पक्षका लागि थुनामा पठाएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क