Author: ट्रान्सपेरेन्टखबर

अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने राससलाई बताए । मंगलसेन नगरपालिकाको दमकल, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । जिल्लामा…

Read More

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–७ मा रहेको पर्यटकीय क्षेत्र नरसिंहकोटलाई बुर्तिवाङ बजारसँग जोड्न रेलिङसहितको पदमार्ग बनेको छ। यो पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई नरसिंहकोट पुग्न सजिलो बनाउने लक्ष्य राखिएको छ। पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत यो पदमार्ग निर्माण भएको हो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा छुट्याएको १० लाख रुपैयाँ बजेटबाट काम सम्पन्न भएको योजना अधिकृत नारायणप्रसाद रिजालले बताए। उनले भने, ‘उपभोक्ता समितिले ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब २५० मिटर पक्की रेलिङसहितको पदमार्ग बनाएको छ।’ बाइसे चौबिसे राज्यकालमा भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। निसीखोला गाउँपालिका–७ का अध्यक्ष दीपक कुँवरले भने, ‘पूर्वाधार थपिएपछि पर्यटकको…

Read More

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक बर्ष २०७७र७८ र आव २०७८र७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट ७९ दशमलव एक रुपैयाँ कायम गरी ठेक्का गरिएको थियो। आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध ५१ लाख ९९ हजार एक सय २० रुपैयाँ बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ। यस्तै, आयोगले सागरदेवी फर्मा हेटौँडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको…

Read More

काठमाण्डौं । हङकङमा जारी चारदेशीय टी–२० सिरिजको उद्‌घाटन खेलमा कतारले जितका लागि नेपाललाई १५२ रनको लक्ष्य दिएको छ। नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ। हङकङको मिसन ग्राउन्ड रोड मङ कोकमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो। निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै कतारले १५१ रन जोडेको हो। बुधबारदेखि सुरु भएको खेलमा नेपालसहित हङकङ, कतार र कुवेत छन्। नेपालले सिरिजको दोस्रो खेल चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ। चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ। बलिङमा नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले एकएक विकेट लिए । नन्दनले…

Read More

काठमाडौँ । काठमाण्डौ केन्द्रित आन्दोलनमा होम्मीएका शिक्षकहरुले शिक्षा मनत्रालयले आवहान गरेको बार्तामा बस्न अस्वीकार गरेका छन् । ३ पटक सरकारले बार्ताका लागि बोलाईए पनि उनिहरुले आफूहरू नयाँ सहमतिको लागि आन्दोलनमा नउत्रिएको प्रस्ट पारेका छन् । बुधवार बिहान एक विज्ञप्ति जारी गर्दै महासङ्घले विगतमा शिक्षकहरुका मागका सन्दर्भमा गरीएका सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । ुमिति २०८१ चैत्र २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा वार्ता र संवादका लागि आह्वान गरी जारी गरिएको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हरेक समस्या वार्ता वा संवाद बाटै समाधान हुन्छन् भन्नेमा महासङ्घको दृढ विश्वास छ तर यस पटक नेपाल शिक्षक महासङ्घ सरकार…

Read More

काठमाडौ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरूङले तीनकुनेको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका सविन महर्जन र पत्रकार सुरेश रजकको परिवारलाई भेटेर आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । आज ९मंगलबार० मिनबहादुरले रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । मृतक रजक र महर्जनको परिवारलाई गुरूङले आफू दुःखमा साथ दिन आएको बताएका थिए । साथै, गुरूङले महर्जनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर दिनेसमेत बताएका छन् । राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा महर्जनको गोली लागेर मृत्यु भएको थियो । पत्रकार रजकको भने जलेर मृत्यु भएको थियो । उक्त घटनाको न्यायिक छानविन हुनुपर्ने आवाज उठिरहेको छ । हुनत तिनकुने…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ( बालेन )  ले बल्खुमा आमसभापश्चात आफैंले सरसफाइ गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धन्यवाद दिएका छन् । बालेनले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्थाले कार्यक्रमको नाममा फोहोर नगरोस् भन्ने महानगरले चाहना रहेको समेत बताएका छन् । उनले ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने’ भनेर महानगर नबसेको पनि बताएका छन् । राप्रपाले यसअघि काठमाडौंमा गरेको प्रदर्शनमा महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यस्तै, गत चैत १५ गते राजावादी समूहरुले तीनकुनेमा गरेको प्रदर्शनमा महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नामा विभिन्न ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना गरेको थियो । एमालेले काठमाडौंमा…

Read More

काठमाडौं । आम जनता पार्टी ९आजपा० ले आगामी जेठ १५ गते सिंहदरबार घेर्ने भएको छ । आज ( मंगलबार)  पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो । आजपाले यही चैत्र २४ गते जनआन्दोलन दिवसको अवसरमा बृहत्त खबरदारी सभा गरेको थियो । आजपाका अध्यक्ष प्रभु साहले दलाल दलतन्त्र र लुटकारी राज्यको कारण मुलुक आक्रान्त बनेको र जनता चरम निराशामा रहेको भन्दै तेस्रो जनआन्दोलन घोषणा गरिसकेका छन् । उनले चोर नेताहरुको कारण मुलुकको गौरव गायब भएको र जनताको खुशी खोसिएको टिप्पणी गरेका छन् । आम जनताको शासन स्थापित गराउनको लागि आफूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको भन्दै अब यो…

Read More

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समितिका साथ काम गरिने बताएका छन् । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गरे । “सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न उपयुक्त समयमा संविधान संशोधन गर्छौँ । त्यसका लागि एउटा नेकपा ९एमाले०र नेपाली कांग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर ‘प्याण्डोरा’को बाकस खोलेजस्तो गर्दैनौँ । प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।”, प्रधानमन्त्री ओलीले भने, “राजतन्त्र…

Read More

काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुन आह्वान गरेको छ । मंगलबार एक सुचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दालेनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१र१२र२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक९कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ । साथै,…

Read More