Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सरकारमा सहयात्रा२ ०८४ को निर्वाचनपछि पनि कायम रहने विश्वास दिलाए । अहिलेको सहकार्य त ०८४ को निर्वाचनसम्म कायम हुनेबारे सहमति नै गरिएकोले चुनावपछि पनि यो सहकार्य कायम रहने विश्वास दिलाएका हुन् । आज ( बुधबार ) नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरता अन्त्य गरिएको बताएका छन् । उनले अहिलेको सरकार भोलि नै चेञ्ज भइहाल्छ कि भन्ने अवस्था नरहेको भन्दै ढुक्क भएर काम गर्न उद्योगी तथा व्यवसायीहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो ध्यान देशमा सुशासन कामय गर्नु भएको भन्दै…
काठमाण्डौं । फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका हुन्। उनले भनेका छन्, मेरा वकिलहरू धुव्रलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, डा सुरेन्द्र भण्डारी, रमन श्रेष्ठ, डा भिमार्जुन आचार्य र मानव अधिकारको रोहबरमा हो भने म भोली २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नु पर्दैन। भारत भागेको भनिएको छ। म कतै भागेको छैन। नेपालमै छु नेपालकै कुनै ठाउँमा बसिरहेको छु। मेरो जीवनको रक्षाको सुनिश्चित हुन्छ भने म बाहिर…
काठमाडौं । निजी मेडिकल कलेजका आवासीय चिकित्सकले सरकारीसमान निर्वाह भत्ता पाउनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले विभिन्न मागसहित काठमाडौंमा धर्ना दिएको छ । मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा दिने भनिएता पनि प्राइभेट मेडिकल कलेजहरूले नमानेको भन्दै बुधवार स्वास्थ्यकर्मीहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका हुन् । आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले पनि सरकारीसरह मासिक साढे ४८ हजार निर्वाह भत्ता दिनुपर्ने निर्णय सरकारले माघ पहिलो साता गरेको थियो । त्यहीअनुसार चिकित्सा शिक्षा आयोगले २६ माघ निर्वाह भत्ता दिनेसम्बन्धी निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानलाई परिपत्र गरेको…
काठमाडौँ। ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना ( ७८ मेगावाट ) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताए । उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । तर केहि समय अघि संसदमा जवाफ दिने क्रममा मन्त्री खड्काले यही अवस्था रहे फेरि पनि लोडसेडिङ्ग हुन सक्ने बताएका थिए । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिए…
काठमाडौँ । नेपाल शिक्षक महासंघले जारी राखेको बृहत शैीक्षक सडक आन्दोलन बुधवार पनि जारी रह्यो । विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले काठमाडौं केन्द्रित सडक आन्दोलनलाई निरन्तरता दिईरहेका छन् । आन्दोलनमा सहभागी हुन देशैभरबाट शिक्षकहरु आउने क्रम पनि बढीरहेको छ । जसका कारण बुधबार माइतीघर देखि बानेश्वरसम्मको सडकमा यातायात आवागमन अवरुद्ध समेत भएको थियो । सरकारले वार्ता, संवाद गर्न तेस्रो पटक गरेको प्रस्ताव पनि नेपाल शिक्षक महासंघले अस्वीकार गरेको छ । यसरी पढाई छाडेर आन्दोलनमा होम्मीएका शिक्षकहरुका कारण शैक्षिक सत्र बिथोलिने खतरा पनि बढेर गएको छ भने भर्खरै सम्पन्न एसईई परिक्षाको नतिजा प्रकाशनमा पनि सबस्या आउने देखिन्छ ।…
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार दिउँसो हल्का टिफुट वर्षा भएको छ। लामो समयपछि भएको वर्षाले देशभर बढेको वायु प्रदूषणको स्तर घट्ने अपेक्षा गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ । बुधबार बिहानदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ। मौसमविद् गोविन्द झाले वर्षाको क्रम भोलि ( बिहीबार ) सम्म पनि जारी…
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको छाविनको लागि भन्दै राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले ‘स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन गरेको छ । संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालका अनुसार वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा आयोग गठन भएको हो । नागरिक समाजका विशिष्ठ व्यक्तित्व तथा संघरसंस्थाहरुको सामूहिक प्रस्तावमा पारित नागरिक छानबिन आयोगका सदस्यहरुमा सुरक्षा क्षेत्रबाट पूर्वएआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा।रामप्रसाद उप्रेती, मानवअधिकारको क्षेत्रबाट मानवअधिकार विषयमा विद्यावारिधी डा।ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहेका छन् । उक्त आयोग गठनको प्रस्तावका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा।जगमान गुरुङ्ग, ३६…
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआनदोलन परिचालन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आफूहरु आगमी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने तयारीमा रहेको बताएका छन् । आज ( बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले आगामी वैशाख २१ गतेसम्म आन्दोलनमा संलग्नहरुको पक्राउ पुर्जी खारेज नगरे, नवराज सुवेदीलाई नजरबन्दबाट मुक्त नगरे र पक्राउ परेका बन्दीहरुलाई रिहा नगरेको खण्डमा सामूहिक गिरफ्तारी दिने बताउका हुन् । ‘वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकज्यूको नजरबन्द खुलाएन भने हाम्रो बन्दी बनाइएका साथीहरुलाई मुक्त गरेन भने २२ गते हामीहरुले तीनकुनेमा सहादत प्राप्त गर्नुभएको वीर सहिदहरुको रगतले लुट्पुटिएको…
अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल बान्नीगढी जयगढ गाउँपालिकालाई पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए। उनले भने,‘ मंगलबार बेलुकी जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ५० लाख…
काठमाडौं । नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले शिक्षकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेको छ । विगतमा आफूहरुको माग र मुद्दामा सरकारले गरेको सहमति कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने भन्दै शिक्षकहरु आज आठौं दिन पनि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । ‘आवश्यक संशोधनसहित विद्यालय शिक्षा ऐन तत्काल लागू गर्न हाल नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन प्रति नेपाल विद्यार्थी संघ पूर्णरुपमा समर्थन एवं ऐक्यबद्धता जनाउँछ,’– विज्ञप्तिमा भनिएको छ । सरकार र नेपाल शिक्षक महासङ्घबिच पटक–पटक भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनमा उदासीनता र बिलम्ब देखिएको भन्दै नेविसंघले असन्तुष्टि व्यक्त गरेको छ । शिक्षकहरू पुनः सडक आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति निर्माण हुनु दुःखद रहेको बताउँदै…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क