Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं। भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ । भक्तपुर नगरबासीले विहानै दत्तात्रयबाट र्याली सुरु गरेर जात्राको विधिवत सुरु गरेका हुन् । प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ आज दिउँसो तान्ने चलन रहेको छ । नयाँ वर्ष आगमनको तीन दिन अगाडि यो वर्ष चैत २८ गते विहिबारदेखि प्यागोडा शैलीमा बनाइएको तीनतल्ले काठको ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । रथको दुईतीर मोटोमोटो डोरी राखेर हजारौं युवाले रथ तान्ने गर्दछन् । आज जात्राको पहिलो दिन नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता रथ तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर…
काठमाडौं । बिहीबार सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक…
काठमाडौं। ओपनर कुशल भुर्तेलको सानादार ब्याटिङसँगै नेपालले चारदेशिय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै नेपालले फाइनलको सम्भावना उच्च बनाएको छ। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो। योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अंक पुर्याएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ। कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८।५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। कुशलले सर्वाधिक ८१ रन बनाए। ५० बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३८ बलमा दुई चौका…
काठमाडौं । गएरातीदेखि परेको बर्षाका कारण देशका बिभिन्न स्थानमा हिमपात भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पनि हिमपात भएको छ । हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् । हिमपात केही स्थानमा सडक अवरुद्ध पनि भएको छ । यता, लामो समयपछि हिमपात सुरु भएसँगै स्थानीयबासिन्दा खुशी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयबासिन्दा खुशी भएका हुन् । तस्विरहरु बिष्णु कल्पित ( नेपाल न्यूज बैंक )
नवलपरासी । दाउन्नेमा हिलोले सवारी आवागमनमा समस्या निम्तिएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो । त्यसमा अझ बिहानदेखि झरी परेका कारण राजमार्गको बाक्लो धुलो हिलोमा परिणत भएछि राजमार्गमा चिप्लिएर गाडी हिँड्नै नसक्ने अवस्था भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी उबर्दघाट सुस्तापूर्वए जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म…
काठमाडौँ । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी र चट्याङसहित सामान्य वर्षा भइरहेको छ । बिहीबार मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताएका छन् । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उनले बताए । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ । महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन्। उनले आज दिएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। हरेक वर्षको…
बझाङ । बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगैको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । जिल्लामा लगातार पानी र अझै चट्याङको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे । पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध यसैबीच बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय…
काठमाण्डौं । बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छन्। ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुस। प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट उनको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका जनताको निरन्तर समृद्धिको कामना गरेको ब्रसेल्सस्थित नेपालको राजदूतावासले जनाएको छ। त्यस अवसरमा नेपाल–बेल्जियम सम्बन्धका विविध पक्षका साथै दुई देशबिचको व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनेबारे विचारविमर्श भएको थियो। सन् १९९८ मा आफू युवराजधिराज रहँदा गरेको नेपाल भ्रमणको स्मरण गर्दै उनले राजदूत लम्सालको कार्यकालमा बेल्जियम र…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन् । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज ९बुधबार० सिभिल अस्पताल पुगेका मन्त्री लेखकले घाइतेहरुको निःशुल्क उपचार गरिने बताएका हुन् । मन्त्री लेखकले घाइतेहरुले निःशुल्क उपचार पाएका छ वा छैनन् भनेर अनुगमनका लागि पनि आफू अस्पताल आएको बताए । उपचार गर्दा लागेको खर्चको विल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानेर उतैबाट भुक्तानी हुने मन्त्री लेखकले बताए । साथै, गृहमन्त्री लेखकले घाइतेका परिवारले उपचारमा खर्च गरेको भएपनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क