Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । बिहीबार जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ । विभागका अनुसार बुधबार बिहान ८ः४५ देखि आज बिहान ८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरूमा मापन गरिएको थियो । २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको छ । “उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा बरफल्याङ्ग केन्द्रमा १००.२ मिमी भएको छ, वर्षा मापन गरिएका केन्द्रहरूमध्ये छ वटा केन्द्रहरू सर्लाही, पर्सा, उदयपुर, रौतहट, सप्तरी, धनुषामा ५० मिमीभन्दा…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा उनले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्नेमा जोड दिए । शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहज रूपमा सेवा दिएर सुशासन कायम गर्ने विषयलाई प्रामथिकतामा राख्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरू पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोतसाधनको तयारी गर्नुपर्ने बताए ।  सङ्घीय सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा…

Read More

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।चिडियाखानाद्वारा आज आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार वैशाख १ देखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ, उनले भने ।चिडियाखाना हाल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ । चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे…

Read More

काठमाडौँ । देशभरका कानून ब्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले न्यायपालिकामा रहेका विकृति र विसंगति हटाउन आफुले कुनै कसर बाँकी नराख्ने बताएका छन् । मिश्रले आफ्नो कार्यकालमा बारले न्यायपालिकालाई स्वच्छ बनाउन भूमिका खेल्नुपर्ने र त्यसका लागि बारको नवनिर्वाचित कार्यसमितिले कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल बार एसोसिएसनका लागि भएको निर्वाचनको बिहीबार मात्रै मतपरिणाम घोषणा भएको हो । जसअनुसार सत्तारुढ एमाले र कांग्रेस निकट कानुन व्यवसायीका संगठनहरूका साझा उम्मेदवार मिश्रले ५ हजार ५२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए । नेपाल बारका सातवटा…

Read More

काठमाण्डौं । ९ दिनदेखि काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरीरहेका नेपाल शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच आज साँझ ५ बजेदेखि वार्ता हुन लागेको हो। शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा रहेका कतिपय विषयमा धारणा बुझ्न बोलाएका कारण जान लागेको बताइन्। ‘विधेयकको विषयमा मात्र छलफल गर्न मन्त्रालयले हिजो पत्र पठाएको थियो’, उनले भनिन्, ‘विगतमा हामीसँग भएका सहमति नछुटोस् र विद्यालय शिक्षा विधेयक कसरी ल्याउने भन्ने विषयमा छलफल गर्छौँ।’ वार्तामा बस्ने अडान लिएका शिक्षकहरुलाई बुधबार शिक्षा सचिव दीपक काफ्लेले विधेयकमा छलफल गर्न बोलाएका थिए। ‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौं,’…

Read More

उमा शर्मा, म्यानमार । नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् । सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा…

Read More

काठमाडौं। काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारी र पेशागत संगठनले महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गरेका छन् । आज ९बिहीबार० उनीहरुले पाण्डेमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । पाण्डेलाई कारबाहीको माग गर्दै स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघ नेपालका अध्यक्ष शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, नेपाल यातायाता स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचावाबु मालाकार र नेपाल वातावरण तथा सरसफाई श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग गरिएको छ । गत चैत २१ गते…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ मंसिरभित्र पार्टीको १५ औं महाधिवेशन भइसक्ने बताएका छन्।काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको पनि बताए। कांग्रेसले २०७८ मंसिरमा महाधिवेशन गरेकोले २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ। तर विधानले नै सभापतिलाई केन्द्रीय समितिबाट निर्णय गराएर एक वर्ष कार्यकाल थप गर्ने अधिकार दिएको छ। ‘२०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्छ,’ उनले भने। पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै उनले संगठन निर्माणमा जुट्न पनि आग्रह गरेका छन्।फरक प्रसंगमा उनले अहिलेको सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको पनि बताए। सरकारले गठन…

Read More

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा गठबन्धन सरकारका वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी भएका छन् । उनले ५ हजार ५२ मत प्राप्त गर्दै बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए । लगभग दोब्बर मतले एमाले–काँग्रेस गठबन्धन नेपाल बारमा निर्वाचित भएको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठनले गठबन्धन गरी नेपाल बारमा अध्यक्षमा मिश्रलाई अगाडि सारेका थिए प्रतिपक्षी माओवादी र रास्वपालगायतका कानुन व्यवसायीका संगठनले भने श्रेष्ठको नेतृत्वमा प्यानल बनाएका थिए । बारको केन्द्रीय समितिमा मिश्रको प्यानल नै विजयी भएको…

Read More

काठमाण्डौं । काठमाण्डौमा सिमसिमे पानी परीरहेको छ । बिहानैदेखि परेको पानीले आवतजावतमा असर पुगीरहेको छ । तर भरीको पनि प्रवाह नगरी काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकहरु सडकमा उत्रिएका छन् । हातमा छाता बोकर उनिहरु झरीको प्रवाह नै नगरी आफ्ना माग सम्बोधनका लागि सडक आन्दोलनमा होम्मीईरहेका हुन् । तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर(बबरमहल(बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन्। सरकारले पटक– पटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन्। विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ। नत उनिहरु अहिलेसम्म सरकारसँग बार्तामा बसेका छन् नत आन्दोलन नै रोकेका छन् ।…

Read More