काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले खेलकुदमन्त्री तेजुलाल चौधरीको राजीनामा माग गरेका छन् । आज ( बिहीबार ) पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै उनको राजीनामा माग गरेका हुन् ।
मन्त्री चौधरीले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै उनीहरुले विरोध जनाउँदै राजीनामा माग गरेको बताइएको छ ।मन्त्री चौधरी नेपाली कांग्रेसका नेता हुन् । कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् ।
अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई झण्डा देखाएका हुन् ।