काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई(मधेस द्रुतमार्गको निरीक्षण गरेका छन्। त्यस क्रममा उहाँले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए।
उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौं(ललितपुर(मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।