जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् । मधेशमा बढ्दो क्रिकेट मोह र भर्खरै एनपिएलमा जनकपुरको जितले उत्साहीत बनेका मुख्यमन्त्री सिंहले यस्तो घोषणा गरेका हुन् ।
जनकपुरधाममा आईतवार जय ट्रफी ९एलिट कप०को उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले १ अर्ब रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले रंगशालाको केही प्राविधिक समस्याहरू समाधान भइसकेको र केही दिनभित्र डिपिआर तयार हुने समेत जानकारी गराए ।
रंगशाला निर्माण हुने जग्गा गुठी संस्थाको रहेको छ । उक्त जग्गा सम्बन्धी राष्ट्रिय परिषद् र गुठी संस्थाबीच २२ गते समझौता हुने पनि मुख्यमन्त्री सिंहले बताए । जग्गा सम्झौतापछि दुईरतीन दिनभित्र बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेर केन्द्र सरकारसंग अनुमति लिने प्रक्रियामा अघि बढ्ने उनको भनाई थियो ।
जनकपुरधाम भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब रुपैयाँ अनुदान पनि रंगशाला निर्माणमै खर्चिने पनि मुख्यमन्त्री सिंहले जानकारी दिए । प्रदेशका युवाहरुलाई खेलकुदमा सक्रिय हुन आग्रह गर्दै मुख्यमन्त्री सिंहले खेलकुद विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले मधेशमा स्तरीय रंगशालाको आवश्यकता रहेकाले पनि प्रदेश सरकारले रंगशाला निर्माणमा सहयोग गर्न चाहेको जानकारी साथैं । मुख्यमन्त्री सिंहले मधेशलाई खेलकुदको हव बनाउनका लागि पनि रंगशाला अपरिहार्य रहेको धारणा ब्यक्त गरे ।