काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्मा रिक्त रहेका ६ जना सदस्य नियुक्त गरेको छ । बिहिवारको मन्त्रीपरिषद्को बैठकले देशका बिभिन्न जिल्लाका ६ जनालाई सदस्यका रुपमा राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषद्मा ६ जना सदस्य नियुक्त गरिएको जानकारी गराएका हुन् ।
राष्ट्रिय खेलकुद राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा शान्तीकुमारी चौधरी ( झापा) , आनन्दकुमार झा (सप्तरी) , सुवर्ण श्रेष्ठ (ललितपुर) , कमलबहादुर भट्टराई ( सर्लाही ) , हिमालकुमार श्रेष्ठ ( गुल्मी) , नन्दा बस्याल ( सुर्खेत) , जगतसिंह धामी ( दार्चुला ) र बहादुर चन्द ( कञ्चनपुर) लाई नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री गुरुङले जानकारी दिए ।