काठमाण्डौं । स्कट कुगेलेइनले ५ विकेट लिएसँगै सुदुरपश्चिम रोयल्स् एक खेल अगावै प्लेअफमा पुगेको छ । अंक तालिकामा ६ खेलमा ५ खेल जितेर सुदुरपश्चिम शिर्षस्थानमा पुगेको हो । हुनत भोली छनौट चरणको अन्तिम खेल कर्णालीसँग खेल्न बाँकी छदैं सुदुरपश्चिम शिर्ष स्थानमा पुगेको हो । नेपाल प्रिमियर लिग (एनपिएल ) मा सुदूरपश्चिम रोयल्सले पाँचौ जित निकालेको छ । आज भएको खेलमा सुदूरपश्चिमले पोखरालाई ५ रनले हराएको हो । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९।४ ओभरमा १४९ रनमा अलआउट भयो । पोखराका आन्द्रेस गौसले सर्वाधिक ३६ रन जोडे । रायमन रिफरले ३३ र किरण थगुन्नाले ३२ रन बनाए । बलिङमा स्कट कुगेलेइन एक्लैले ५ विकेट लिए । हर्मित सिंहले ३ र सैब जफरले एक विकेट लिए ।
त्यसअघि त्रिवि मैदानमा सुदूरपश्चिमले निर्धारि २० ओभरमा ७ विकेट गुमाएर १५३ रन जोड्यो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४२ रन बनाएका थिए। ब्राण्डन म्याकमुलनले २३ र दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान गर्दा विनोद भण्डारी १४ तथा हर्मित सिंह १३ रन जोडेर पेभिलियन फर्किए। इसान पाण्डे १०, सैफ जैब ९ र स्कट कुगलेइजन २ दुई रन बनाएर आउट हुँदा नरेश बुढाएरले अविजित ६ रन जोडे।
पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिँदा विपिन रावल, रेमोन रिफर र माइकल लिस्कले समान एक विकेट हात पारे। पोखराका एन्ड्रियस गौसले सर्वाधिक ३६ रन जोडदा रेमन रिफर र किरण ठगुन्नाले क्रमशः ३३ र ३२ रनको योगदान गरे। दिनेश खरेल १५ तथा जेन मलिक १० रन बनाएर पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
तीन बल खेलेका कप्तान कुशल भुर्तेल, दुई बल खेलेका विपिन खत्री र स्ट्राइक नै नपाएका सुदिप अर्याल शून्य रनमै पेभिलियन फर्किए। अर्याल रनआउट भएका हुन्। माइकल लिस्कले पाँच रन जोड्दा दिलिप नाथ र सागर ढकालले अविजित एक रन मात्र बनाउन सके।सुदूरपश्चिमका लागि स्कट कुगलेइजन एक्लैले पाँच विकेट लिँदा हर्मित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे।