लुम्बिनी । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा अहिलेको सत्ता पल्टाउने उद्घोष गरेका छन् । आज ९शनिबार० पार्टीको रुपन्देही जिल्ला समन्वय समितिले आयोजना गरेको बहृत्त राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने,‘विचार र इमानदारितामा को राम्रो छ भन्ने कुरा नेपाली जनताले अब राम्रोसँग् बुझिसकेको छन्, अहिलेको सत्तारुढ दलका नेताहरू जिल्लामा जाँदा जनताले चोर नेता भन्ने थालेको छन् । नयाँ प्रतिवद्धताका साथ जनतामा जान्छौं र जनताकै तागतले प्रमुख दल भनिनेको सत्ता पल्टाउछौं ।’
उनले माओवादी सिद्दियो भन्नेहरुलाई अब ०८४ को निर्वाचनमा देखाईदिने चेतावनी दिए । उनले माओवादी अब ०६४ कै अवस्थामा फर्किनेपनि दाबी गरे । उनले भने,‘प्रचण्डको युग सिद्धियो भन्नेहरूलाई उप–चुनावले देखाइसकेको छ, विगतमा भएका केही त्रुटीलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी नयाँ उर्जाका साथ आउँदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किन्छ । हामी जनतातिर फर्किन्छौं ।’