सोल । दक्षिण कोरियाली संसद्ले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पास गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले राष्ट्रपति योओलविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ८४ सांसदले भने महाभियोगको विपक्षमा मतदान गरे । ८ मत बदर भएको र ३ सांसद तटस्थ बसेका छन् । महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदबाट स्वतस् निलम्बित भएका छन् । सं
सद्बाट महाभियोग प्रस्ताव पारित भएसँगै युनले अब संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । उनीविरूद्धको महाभियोग प्रस्तावबारे ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिनेछ । तीमध्ये ६ न्यायाधीश महाभियोगको पक्षमा रहेको खण्डमा राष्ट्रपति पद रिक्त हुनेछ । त्यसको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ ।त्यतिन्जेलसम्म प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नेछन् ।
राष्ट्रपति येओलले उत्तर कोरिया र देशभित्रका केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको भन्दै डिसेम्बर ३ मा सैनिक शासन लागू गरेका थिए । तर संसद्को बहुमतले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपछि उनले सैनिक शासन लागू गर्ने निर्णय फिर्ता लिएका थिए । तर त्यसको विरोधमा विपक्षी दलका सांसदहरूले उनलाई पदबाट हटाउनुपर्ने भन्दै महाभियोग प्रस्ताव ल्याएको थियो । गत शनिबार संसद्मा भएको मतदान उनको दल पीपल्स पावर पार्टी ९पीपीपी० ले बहिस्कार गरेपछि उनी महाभियोगबाट जोगिएका थिए । ३ सय सदस्यीय संसद्मा पीपीपीका १ सय ८ सदस्य छन् ।