काठमाडौं । छिमेकी मुलुक भारतको तमिलनाडु राज्यमा भारी वर्षाका कारण शुक्रबार मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लाका विद्यालयहरू बन्द गरिएका छन् । पुडुचेरीमा पनि विद्यालयहरू बन्द रहने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । शुक्रबार मदुरै र मायेलादुतुराई बाहेक अन्य प्रभावित जिल्लाका कलेक्टरले शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरेका छन् ।
तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जम्मा भएको छ । बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार भारी वर्षाको सम्भावनाका कारण चेन्नई, विल्लुपुरम, तंजावुर, माइलादुथुराई, पुडुक्कोट्टई, कुड्डालोर, डिंडीगुल, रामनाथपुरम, तिरुवरुर, रानीपेट र तिरुवल्लुरमा विद्यालयहरू बन्द भएका थिए । भारतीय मौसम विज्ञान विभाग ९आईएमडी०का अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापका कारण डिसेम्बर १३ सम्म तमिलनाडुमा भारी वर्षाको सम्भावना छ ।
‘यस अवधिमा, तमिलनाडु र पुडुचेरीका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ,’ आईएमडीले जनाएको छ । विभागले माछा मार्नेहरूलाई समुन्द्रमा नजान पनि निर्देशन दिएको छ ।