काठमाण्डौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ।
जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवम् यात्रीलाई अनुरोध गरेको छ। रासस