काठमाडौं, । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएलगत्तै आज पुनः पक्राउ परेका छन् । साइबर अपराधमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई पक्राउ गरेर प्रहरीले गाडीमा हालेपछि अदालतमा जम्मा भएका समर्थकले विरोधमा नारावाजी गरेका थिए ।
प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अदालत परिसरबाट फेरि पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएपनि उनी आपराधिक लाभ ९एक्सटर्सन० लिन नहुने कसूर मुद्दामा छानविनका लागि फेरि पक्राउ परेका हुन् ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे छानविन भइरहेको छ । सो समूहका नाइके हरिचन्द्र फुयाल पनि प्रहरी हिरासतमा नै छन् । प्रसाईँको पुनः गिरफ्तारीविरुद्ध उनका समर्थकहरुले अदालत परिसरमा नै नाराबाजीसमेत गरेका छन् । धरौटी रकम बुझाएर हात हल्लाउँदै अदालत परिसरमा आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेका थिए । सो क्रममा उनले आफूले तस्करसँग लडाईँ लडिरहेको बताए । उनले भने यो तस्करसँगको लडाईँ हो है, तस्करसँगको,’ ।