काठमाण्डौं । जनकपुर बोल्ट्सलाई ७२ रनको फराकिलो अन्तरले हराउँदै सुदुरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग ९एनपिएल० को शिर्ष स्थानमा पुगेको छ । पाँच खेल खेलेको सुदुरपश्चिम र पाँचवटै खेल खेलेको जनकपुर एक –एक खेलमा हार ब्यहोरेका छन् । तर रनरेटका आधारमा सुदुरपश्चिम एनपिएलको शिर्ष स्थानमा पुग्न सफल भएको छ । ८ अंकसहित शीर्ष स्थानमा रहेको जनकपुर लगातार पाँचौ जितबाट बञ्चित भयो । यो हारले नेटरन रेटमा पछि पर्दै टोली दोस्रो स्थानमा झर्यो ।
१८औँ खेलमा आएर टोलीले पहिलो हार बेहोरेको छ । जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेट, पोखरालाई ७ विकेट तथा लुम्बिनीलाई एक रनले हराएको थियो । एक खेल हारेको सुदूरपश्चिम जनकपुरलाई हराउँदै अंक बराबरी गर्न सफल भयो । अन्तिम खेलमा चितवनसँग ३३ रनले हारेको सुदुरपश्चिमले विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको थियो । चौथो खेलसम्म ब्याटिङमा जमेको जनकपुर सुदूरपश्चिमको बलरसामू निरिह भयो । सुदूरपश्चिमका पाँँचै स्पिनर हाबी भएपछि जनकपुरका एक खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए ।
जसले गर्दा जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपिएल० मा पहिलो पटक पराजित भएको छ । आफ्नो पाँचौ खेलमा जनकपुर लज्जास्पद प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भयो । जनकपुर एनएिलमा कम रन बनाउने खराब नतिजाबाट गुज्रिएको छ । यसअघि पोखराले चितवनसँग ७२ रन बनाएको थियो। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय १२४ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा जनकपुर १२ ओभरमा अलआउट हुँदा मात्र ५१ रन बनाउन सक्यो ।
हर्मित सिंहको बलमा एलबिडब्लु धरापमा पर्नुअिघ जोसुआ ट्रोम्पले सर्वाधिक १३ रन बनाए । ओपनक तथा कप्तान अनिल कुमार शाह ७ बल खेलेर डकआउट भए । मार्की तथा ओपनर आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष ठाकर ५, जेम्स निसम ४ अरनिको यादव १, शुभ शंकर ३ बल तथा शेर मल्ल चार बल खेलेर डकआउट भएका थिए। बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेसँगै पहिलो खेल खेलिरहेका अमेरिकाका हर्मित सिंहले समान २ विकेट हात पारे । सैफ जैव, नरेन साउद र स्कट कुगेलेइनले समान एक विकेट हात पारे ।
सुदूरपश्चिमको लागि ओपनर विनोद भण्डारीले ३७ बलमा सर्वाधिक ३३ रन बनाए । शेर मल्लको बलमा ट्रोम्पबाट क्याच आउट हुनुअघि विनादले तीन चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर सैफ जैवले २१ बलमा २ छक्कासहित २१ रन नै बनाए । पहिलो विकेटको लागि विनोद र जैवबीच पहिलो विकेटको लागि ५५ रनको साझेदारी भएको थियो । ७।४ ओभरमा पहिलो विकेट गएपछि अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् । इशान पाण्ड १७ रन तथा ब्रान्डन म्याकमुलन ११ रन बनाएर आउट भए । कप्तान तथा मार्की दीपेन्द्रसिंह ऐरी तीन बल खेलेर डकआउट भएका थिए ।
भारतलाई सन् २०१२ मा यु१९ विश्वकप जिताएका हरमित सिंह पनि १ रन बनाएर आउट भए । उनी एनपिएलमा पहिलो खेल खेल्दैछन् । मध्यक्रमका आरिफ शेख ६, स्कट कुगुलेइन ७, नरेन साउद ३ रन बनाएर आउट भएका थिए । ९ रन बनाएका नरेश बुडाऐर र २ रन बनाएका अभिनाश बोहरा अविजित रहे । जनकपुरका किशोर महतोले सर्वाधिक ४ विकेट लिए । उनले चार ओभरमा ३५ रन खर्चिए । शेर मल्ल, अरनिको यादवले समान दुई तथा हर्ष ठाकरले एक विकेट लिएका हुन् । चार ओभर बल फ्यालेका ललित राजवंशी र दुई ओभर बल फ्यालेका जेम्स निशम विकेट विहिन भए ।