दमास्कस । सिरियमा बसर अल(असदको शासन अन्त्य गर्न मद्दत गर्ने विद्रोही नेता मोहम्मद अल(बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अल(बसिरले विद्रोहीको नियन्त्रणमा रहेको इडलिबको सरकारको नेतृत्व गर्दै आएका थिए । इस्लामवादी हायात तहरिर अल–साम ९एचटीएस० को नेतृत्वामा गत शनिबार विद्रोहीहरूले राष्ट्रपति असदलाई सत्ताच्यूत गर्नुअघि नै इडलिब विद्रोहीको कब्जामा थियो । सिरियाको उत्तर(पश्चिमी भागमा शासन गर्ने
सिरियाली मुक्ति सरकारु को अल(बसिरले नेतृत्व गर्थे । उक्त समूह एचटीएससँग निकट मानिन्छ । एक टेलिभिजन सम्बोधनमा अल(बसिरले आफूले संक्रमणकालीन सरकारको नेतृत्व गर्न मार्च १ सम्म पदमा रहने बताएका छन् । बीबीसीका अनुसार उनले सार्वजनिक सेवाहरू पुनस् सञ्चालनमा ल्याउन एउटा सानो मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । सिरियाका केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्कन आग्रह गरेसँगै नयाँ निर्णय सार्वजनिक भएको बताइएको छ ।
सन् १९८३ मा इडलिबको जबल जाविया क्षेत्रमा जन्मिएका बसिर इन्जिनियर हुन् । उनले अलेप्पो विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढेका हुन् । इडलिब विश्वविद्यालयमा कानुनसमेत अध्ययन गरेका बसिर अंग्रेजी भाषा, प्रशासनिक योजना र परियोजना व्यवस्थापनमा अनुभवी मानिन्छन् । विपक्षी प्रशासनमा सामेल हुनुअघि उनले सिरियाली ग्यास कम्पनीमा सटिक उपकरण विभाग प्रमुखका रूपमा काम गरेको ुसिरियाली मुक्ति सरकारुले सार्वजिनक गरेको विवरणमा उल्लेख छ ।
यसअघि सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत गेइर पेडरसनले देशभरका सबै समूहले मिलेर काम गर्नु महत्त्वपूर्ण भएको बताए । हामीले एचटीएस र विभिन्न सशस्त्र समूहहरूबाट आश्वस्त बयानहरू देखेका छौं,ु उनले भनेका थिए । यद्यपि, पेडरसनले ुकानुनी व्यवस्थाका केही समस्याहरूु बाँकी रहेको बताएका छन् ।
गत अक्टोबर २४ सम्म टर्कीसँगको सीमा क्षेत्रमा पर्ने इडलिबमात्र विद्रोहीको नियन्त्रणमा थियो । विद्रोही समूहले एक साताअघि दोस्रो ठूलो सहर अलेप्पो कब्जा गरेको थियो । त्यस्तै बिहीबार तेस्रो ठूलो सहर होम्सलाई ‘पूर्ण रूपमा स्वतन्त्र’ पारेको केही घण्टामा एचटीएस नेतृत्वका विद्रोहीहरू राजधानी दमास्कस प्रवेश गरेका थिए ।अन्ततः शनिबार राति राजधानी दमास्कसमा झन्डा फहराएसँगै राष्ट्रपति असदको २४ वर्ष लामो शासन अन्त्य भएको थियो ।