काठमाण्डौं । नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० सम्झौतामा नक्कली नाटक गरेको टिप्पणी गरेका छन् । चाइनिज पिपुल्स इन्टिच्यूसन अफ फरियन अफियर्सको आयोजनामा भएको सम्मेलनमा सहभागी भएर नेपाल फर्किएको नेता खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बीआरआईमा धेरै ड्राफ्टहरु बनाउँदै, फिर्ता गर्दै गरेर अन्तिममा सहमति भएको बताए ।
उनले नक्कली नाटक गरेर छमेकी देशहरुसँग राम्रो सम्बन्ध नबन्ने बताए । उनले प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगसमेत राम्रो सम्बन्ध बनाउन नसकेको टिप्पणी गर्दै नेता खनालले ओलीले संसारसँग राम्रो सम्बन्ध बनाउनै नसक्ने बताए । ‘बीआरआईको बारेमा अन्तिममा सहमति नहुने भएछ । एउटा ड्राफ्ट गरियो, त्यो फिर्ता भयो । अर्को ड्राफ्ट गरियो, फेरि फिर्ता भयो । फेरि अर्को ड्राफ्ट गरियो, फेरि फिर्ता भयो । नहुने भयो भनेर संयुक्त वक्तव्यसमेत निस्कियो । अझै अब के–के कुराहरु हुँदैगयो । अन्त्यमा बीआरआई सम्झौता भयो । अलिकति भाषसासा यताउति गरेर भयो । आखिर गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपर्थ्यो रु’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले बीआरआई सम्झौताबारे सरकारले राम्रो गृहकार्य नै नगरेको बताए । प्रधानमन्त्री ओलीले छिमेकी देशसँगको सम्बन्धलाई लापरवाही गरेको उनको आरोप छ । नेता खनालले अन्तिम समयमा भएपनि बीआरआई सम्झौता भएको भन्दै खुसी व्यक्त गरे । ‘यो पहिला नै अध्ययन गरेर, छलफल गरेर राम्रो होमवर्क गरेर गर्नुपर्ने काम हो नि । छिमेकीहरुसँग यो प्रकारको लाहपरवाही गरेर गर्न हुँदैन थियो । तर, जे होस्, धेरै पटक घुमाउरो गरेर भएपनि बीआरआई सम्झौता भएको छ । त्यो खुसीको कुरा हो,’– उनले भने ।