काठमाडौं । श्रीलंकामा जन्मीएका अमेरीकन त्रि mमेट खेलाडीलाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो खेलमा विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि मिलान्थाको अविजित अर्धशतकको मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५।३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउदै पूरा गर्यो ।
मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए ।विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए ।
कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर, त्यसपछि मिलान्था र हर्ष थाकरले मिलेर इनिङ्स समाले । यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् ।
पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए । त्यसअघि एनपीएलको पहिलो चौका विराटनगरका लोकेश बमले प्रहार गरेका थिए । तर, उनलाई आउट गर्दै जनकपुरका ललित राजवंशी एनपीएलको पहिलो विकेट लिने खेलाडी बने ।
६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर, इल्यास पनि १५ रन बनाएर आउट भए । त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७,राजेश पुलामी मगर १, प्रतिश जिसी २, कप्तान सन्दीप लामिछाने ७, क्रिस सोल ४ र तथा जितेन्द्र मुखिया खाता नखोली आउट भए । जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
यस्तै क्यानडियन अलराउण्डर हर्ष थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शनिवार बिहानैदेखि खेल हेर्नका लागि दर्शकहरुको भिड लागेको थियो । भित्र तथा बाहिर दर्शकहरुले किर्तिपुर क्रिकेट मैदान खचीखचाउ भरीएको थियो । कति टिकट काटर पनि खेल हेर्न नपाएको गुनासो पोखिरहेका थिए । केही समय सुरक्षाकर्मी र दर्शकबिच भनाभन र झडपको अवस्था श्रृजना भएको थियो ।