काठमाण्डौं । शनिवारदेखि किर्तिपुरको खेल मैदानमा शुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा विराटनगरका मार्टिन गप्टिलले अर्धसतक बनाएका छन् । उनले जनकपुरविरुद्धको उद्घाटन खेलमा ३६ बलमा ७ चौका र एक छक्कासहित ५१ रन बनाएका हुन् । न्युजिल्यान्डका अनुभवी ब्याटरले अर्धसतक बनाउँदा विराटनगरले १२.१ ओभरमा ८३–३ को अवस्थामा थियो । यसअघि जनकपुरका ललितनारायण राजवंशी पहिलो विकेट लिने खेलाडी बनेको थिए ।
शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ललितले विराटनगरका लोकेश बमको विकेट लिएका हुन् । उनले दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका थिए । लोकेश र मार्टिन गुप्टिल क्रिजमा आएका थिए । यसअघि जनकपुरले टस जितेर बलिङ गरेको थियो । शनिबार टस हारेको विराटनगर किंग्सले सुरुमा ब्याटिङ गरेको छ । यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता भएको थियो । त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो । उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए । ८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ ।