नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहज्यलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक रूपमा स्वागत गरेका छन्।
द्विपक्षीय औपचारिक भेटवार्ता सुरु हुनुअघि हैदरावाद हाउस परिसरमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई हार्दिक स्वागत गरेका हुन्।
सो अवसरमा दुवै देशका प्रधानमन्त्रीज्यूहरूबीच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदानप्रदान भएको थियो।
स्वागत कार्यक्रमलगत्तै दुवै देशका प्रधानमन्त्रीहरूबीच औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ।
