काठमाण्डौं । सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ। मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा। मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो।
यसअघि सर्वोच्च अदालतले नै प्रहरी महानिरीक्षक डा। केसीलाई म्याद बुझाउन गएको थियो। तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी) भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो।
अर्को सुनुवाइको मिति भने तोकिएको छैन।
