काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी तीव्र पारेको छ। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा समाप्त हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार समयमै निर्वाचन सम्पन्न गर्न आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
समग्र निर्वाचन तयारीका विषयमा परामर्श गर्न आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई बैठकमा आमन्त्रण गरेको छ। आयोगका अनुसार आगामी मंसिर ४ गते बिहान ११.३० बजे बस्ने उक्त बैठकमा हाल राष्ट्रिय मान्यता प्राप्त रास्वपा, नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रतिनिधिहरू सहभागी हुनेछन्।
निर्वाचनको मिति घोषणा गर्ने कानुनी अधिकार सरकारमा निहित रहेकाले आयोगले मिति तोक्ने विषयमा सरकारसँग आवश्यक परामर्श गरिरहेको जनाएको छ।
