काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल ) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।
यस्तै आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज आमने(सामने हुनेछन् ।
